bardiyahospital

३९ निर्वाचन स्थल संवेदनशील र दुई निर्वाचन स्थल परिवर्तन

Geruwa GIF

कृष्णसार अनलाइन ।  आगामी फागुन २१ गते हुने निर्वाचनमा बर्दियाका ३९ वटा मतदान स्थललाई संवेदनशील रहेको र दुईवटा निर्वाचन स्थल समेत परिवर्तन भएको छ ।

प्रतिनिधि सभा क्षेत्र १ मा रहेको ७५ मतदान स्थल मध्ये २४ वटा मतदान स्थल र क्षेत्र २ मा रहेका ७९ वटा मतदान स्थल मध्ये १५ वटा मतदान स्थल संवेदनशील निर्वाचन स्थलको  रूपमा रहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले जानकारी दिनुभयो । उहाँ भन्नुभयो, ‘ संवेदनशील निर्वाचन स्थलको शान्ति सुरक्षाको लागि त्यहीँ अनुरूप व्यवस्थापन गरिएको छ ।’

cld

त्यसैगरी  बर्दियामा दुईवटा निर्वाचन स्थल समेत परिवर्तन भएको छ । गुलरिया नगरपालिका –६ को गुलरिया नगरपालिका भित्र रहेको निर्वाचन स्थल परिवर्तन गरेर बंगलामुखी राधाकृष्ण थारू माध्यामिक विद्यालय राखिएको छ । भने बारबर्दिया नगरपालिका, ६ को सामुदायिक भवन धामपुरमा रहेको मतदान स्थल परिवर्तन गरेर सदाशिव बहुमुखी क्याम्पसमा राखिएको निर्वाचन कार्यालयका  प्रमुख लाल बहादुर मल्लले बताउनु  भयो ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.