bardiyahospital

बर्दियामा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिनु भएको छ । प्रतिनिधि सभा क्षेत्र नं. १ र २ मा उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको भएको हो । 

प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रतिनिधि सभा क्षेत्र नं. १ मा राजु रानाभाट उम्मेदवारी दिनु भएको थियो । भने प्रतिनिधि सभा क्षेत्र नं. २ मा नेत्रराज आचार्य उम्मेदवार भएको थियो । दुबै निर्वाचन क्षेत्रमा उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ । 

cld

पार्टीबाट उम्मेदवारी फिर्ता लिने सर्कुलर भएपछि उम्मेदवारी फिर्ता लिएको प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार राजु रानाभाट जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ फागुन २१ गते हुने निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पाटीको तर्फबाट दिइएको उम्मेदवारी पार्टीको निर्देशन अनुसार फिर्ता लिएको भएपनि निर्वाचनमा कसलाई सहयोग गर्ने भन्ने बारेमा आधिकारिक निर्णय भएको छ्रैन् ।’
 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.