bardiyahospital

पूर्णहिरा माध्यमिक विद्यालयको वार्षिक उत्सव सम्पन्न

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियाको बाँसगढी नगरपालिका, ८ लक्ष्मणा रहेको पूर्णहिरा माध्यमिक विद्यालयको ३८ औं वार्षिक उत्सव भव्य रूपमा मनाइएको छ । सरस्वती पूजाको दिनमा पूर्णहिरा माध्यमिक विद्यालयको ३८ औं वार्षिक उत्सव भव्य मनाइएको हो । 

 वार्षिक उत्सवमा विद्यार्थीहरूले सचेतनामूलक नाटक र नृत्य देखाएका थिए । विद्यालयमा ६ सय ३८ विद्यार्थी अध्ययनरत रहेको छन् । विद्यालयका प्रधानाध्यापक गोपाल सुवेदीले विद्यालयको स्थापना २०४४ मा बसन्त पञ्चमीको दिनमा भएको जानकारी दिनुभयो । उहाँले विद्यालयले स्थापनादेखि अहिलेसम्म विभिन्न समस्याको सामना गर्दै आएको बताउनु भयो ।   उहाँले भन्नुभयो, ‘ विद्यालयमा अहिले पनि शिक्षकको अभाव छ । विद्यालयको आन्तरिक बजेट छैन् । जसले गर्दा  आन्तरिक स्रोतबाट राखेको शिक्षकलाई तलब दिन समस्या भइरहेको छ । 

cld

 वार्षिक उत्सव समारोहमा बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्कबहादुर खड्का, उपप्रमुख इन्दिरा चौधरी, विद्यालय व्यवस्थापन समितिका नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरे लगायत, विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको सहभागिता थियो ।  

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.