bardiyahospital

चितुवा वनबाट बस्तीमा

चितुवाको आक्रमणबाट ६ महिनामा ६ जनाको मृत्यु

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा ६ महिनामा चितुवाको आक्रमणबाट ६ जनाले ज्यान गुमाएका छन् । १० जना घाइते भएका छन् । चितुवा गाउँबस्तीमा पसेर मान्छे मार्ने, घाइते बनाउने, घरपालुवा वन्यजन्तु मार्ने क्रम बढेसँगै स्थानीयमा त्रास बढेको छ । डिभिजन वन कार्यालयका अनुसार घाँसपातका लागि वन गएका माथि चितुवाको आक्रमण बढिरहेको छ ।

गुलरिया नगरपालिका– १२, भैसाहीका रामलखन थारू मजदुरी गर्नुहुन्छ । जुम्लामा रहेका वेला गत ३१ साउनमा उहाँलाई घरबाट फोन आयो । उहाँको श्रीमती ४० वर्षीया जगत रानी थारूलाई चितुवाले आक्रमण गरेर मारेको थियो । ‘श्रीमतीलाई चितुवाले मारेको खबरले होस हरायो । हतारहतार प्लेन चढेर घर आएँ,’ उहाँले भन्नुभयो, ‘आर्थिक अवस्था कमजोर भएको हुँदा कमाउन बाहिर जानुपर्ने बाध्यता छ ।’ जगतरानीको शव कृष्णजन्माष्टमीका दिन उखुबारीमा टाउको चुँडिएको अवस्थामा फेला परेको उहाँले जानकारी दिनुभयो । 

cld

जगत रानी थारूको श्रीमान्

गुलरिया नगरपालिका– १२, टडुवाकी कविता तामाङ रानालाई २९ भदौमा केदुवाई सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा चितुवाले आक्रमण गर्यो ।  त्यस दिन कवितासँगै उहाँको बाज ेससुरा र देउरानी घाँस काट्न जानु भएको थियो । त्यही वेला सामुदायिक वनमा उनलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो । 

कविता तामाङ रानाको श्रीमान् र बच्चा

श्रीमती गोपी थरुनीको १२ मंसिरमा चितुवाको आक्रमणमा परी ज्यान गएपछि बारबर्दिया नगरपालिका– ११, विजयनगरका रुन्चे थारू एक्लोजस्तै भएका आउनु भएको छ ।  ६० वर्ष नाघेका रुन्चे अहिले ७५ वर्षीया आमाको रेखदेख गरेर बसेका बस्नु भएको छ ।  आर्थिक अवस्था कमजोर भएका  उहाँले पाँच कट्ठा जग्गाले खान नपुग्ने गुनासो गर्नु भयो । ।‘अहिलेसम्म कमाएको पैसाले परिवारको जेनतेन खर्च चल्दै आएको थियो । अब कमाउन जाऊँ भने आमालाई कसले हेरिदिन्छ । त्यही भएर घरमा बसेको छु,’ उहाँले भन्नुभयो, ‘श्रीमतीलाई चितुवाले मारेपछि डिभिजन वन कार्यालयले १० लाख दिने भनेको थियो । अहिलेसम्म एक लाख पाएँ । अरू पैसा पाइन्छ कि पाइँदैन, थाहा छैन ।’

गोपी थरुनीको श्रीमान् र सासु

बारबर्दिया– १०, डफैयाका नापीराम थारूका ३२ वर्षीय छोरा दिनेश थारूलाई गत २ पुसमा चितुवाले आक्रमण गरेर ज्यान लियो । छोराको मृत्युपछि नापीराम अचेल कसैसँग पनि बोल्न मन नलाग्ने बताउनु हुन्छ । ‘गाउँघरमा चितुवा आउन थालेपछि सबैजना मिलेर सामुदायिक वनको झाडी कटान गर्ने काममा जुटेका थियौँ । झाडी कटान भएको ठाउँबाट छोरा अलि भित्र गएको थियो, चितुवाले छोरा मारिदियो,’उहाँले भन्नुभयो । गाउँमा अहिले पनि चितुवा घुमिरहन्छ, तर कसैले समाउन नसकेको उनले बताए । डिभिजन वन कार्यालयले चितुवा समाउन भन्दै तीनवटा खोर ल्याए पनि पछि फिर्ता लगेको उहाँले दुखेसो पोख्नु भयो ।

बारबर्दिया नगरपालिका– १०, बैदीकी पार्वती डाँगीलाई ९ पुसमा चितुवाले आक्रमण गरेपछि छोरीहरू शोकमै हुनुहुन्छ । पार्वतीकी जेठी छोरी रिता डाँगीले भन्नुहुन्छ, ‘वेलावेला चितुवा ठुलो हो कि मान्छेको जीवन भनेर सोच्ने गर्छु । त्यस दिन ज्वाइँ, बहिनी र आमा भएर घाँस काट्न जानुभएको थियो । खोइ कहाँबाट आएर सामुदायिक वनमा चितुवा बसेको रै’छ । चितुवाले आक्रमण गरेर आमालाई मारिदियो । अहिले हामी सहाराविहीन भएका छौँ ।’

गत ७ माघमा चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका– ११, बेलभारकी ५५ वर्षीया खिद्नी थरुनीको ज्यान गयो । खेतमा तोरी उखेल्न गएकी चौधरीलाई चितुवाले आक्रमण गरी मारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी देवेन्द्र मल्लले  जानकारी दिनु भयो । यसरी चितुवाको आक्रमणबाट मृत्यु हुने संख्या बढ्दै गएपछि स्थानीय त्रसित बन्दै गएका छन् । 

\

खिद्नीको परिवार

चितुवाको गतिविधि बढेपछि छोराछोरीलाई अटोमा विद्यालय पठाउँछन् अभिभावक

अटोमा विद्यालय जाँदै बारबर्दिया नगरपालिका– ११, नयाँबस्तीका बालबालिका । बारबर्दिया– १०, सिम्रहवास्थित बाल विद्या आधारभूत विद्यालयका प्रधानाध्यापक भूमिराज कँडेलले २५० मध्ये आधा विद्यार्थी नयाँबस्ती क्षेत्रका रहेको बताउनु भयो । ‘त्यहाँका विद्यार्थीले जंगलको बाटो आउनुपर्छ । तर, जंगलमा चितुवा देखिन थालेपछि अभिभावकले अटोमा पठाउन थालेका छन् । विद्यार्थीका लागि बसको व्यवस्था गर्न पाए हुन्थ्यो, तर विद्यालयसँग स्रोत छैन,’ उहाँले भन्नुभयो ।
बारबर्दिया नगरपालिकामा रहेको सामुदायिक वनमा चितुवाको गतिविधि बढेसँगै अभिभावकहरू त्रसित भएर आफ्ना छोराछोरीलाई अटोमा विद्यालय पठाउन थालेका छन् । बारबर्दिया नगरपालिका– ११, नयाँबस्ती र कपास फारामनजिक पर्ने पेरहवा सामुदायिक वनमा चितुवाको गतिविधि बढेसँगै अभिभावक त्रसित भएर आफ्ना छोराछोरीलाई अटोमा विद्यालय पठाउन थालेका हुन । पछिल्लो समय बर्दिया चितुवाको उच्च जोखिममा छ । चितुवा गाउँबस्ती पसेर मानिसलाई मार्ने, घाइते बनाउने, घरपालुवा वन्यजन्तु मारिदिनेजस्ता गतिविधि बढेसँगै स्थानीयमा त्रास बढेको छ ।

बारबर्दिया नगरपालिका– १०, नयाँबस्ती डफैयाँकी भगमती थारूले गाउँसँग जोडिएको पेरहवा सामुदायिक वनमा चितुवा देखिएपछि त्यो बाटो भएर हिँडडुल गर्न डर लाग्ने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पहिला–पहिला साइकलमा छोरीलाई स्कुल छोड्न त्यही बाटो जाने गर्थेँ । तर, अहिले त्यो बाटो हिँड्न डर लाग्छ । धेरैले त्यो सामुदायिक वनमा चितुवा देख्नुभएको छ । त्यही भएर गाउँकै अटोमा सबैले आफ्ना छोराछोरीलाई विद्यालय पठाउँछौँ ।’ 

बारबर्दिया नगरपालिका– १० का वडाध्यक्ष रणबहादुर चौधरीले चितुवाले आक्रमण गरी ज्यान लिन थालेपछि स्थानीय त्रसित भएको बताउनु भयो । ‘गाउँमा चितुवाको जोखिम बढेपछि विद्यालयलाई न अतिरिक्त कक्षा सञ्चालन गर्दा ध्यान दिन भनेका छौँ,’ उहाँले भन्नुभयो, ‘पार्वती डाँगीको मृत्युु भएपछि डिभिजन वन कार्यालय प्रमुख आएर बारबर्दिया, गुलरिया हुँदै खाता करिडोरसम्म सयजति चितुवा रहेको समुदायलाई जानकारीसमेत गराउनुभएको थियो । त्यही भएर सामुदायिक वनसँग जोडिएको बस्तीमा सचेत रहन जरुरी छ ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.