
कृष्णसार अनलाइन । थारू समुदायको भान्सामा प्रयोग हुँदै आएको डोक्नी पछिल्लो समय अन्य समुदायको रोजाइमा पर्न थालेको छ । थारू समुदायको भान्सामा प्रयोग हुँदै आएको काठबाट निर्माण गरिएको डोक्नी पछिल्लो समय अन्य समुदायको रोजाइमा पर्न थालेको हो ।
परम्परागत रूपमा थारू समुदायले अचार बनाउन र मसला पिस्न डोक्नीको प्रयोग गर्दै आएका थिए । डोक्नीमा पिसेको अचार स्वादिलो हुने भएकोले पनि डोक्नी धेरैको रोजाइमा पर्न थालेको छ।

डोक्नी विशेष गरी सिसौ, पाननको काठबाट बन्ने गरेको गेरुवा गाउँपालिका– ४, बिहानी बजारका कैलाश वैधले बताउनु भयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय डोक्नीको माग बढ्दै गएको छ, तर सजिलै डोक्नी बनाउने काठ पाइँदैन । त्यही मागअनुसार डोक्नी पुर्याउन सकेको छैन ।’
‘डोक्नीको साइज हेरेर बिक्री गर्ने गरेको छु । काठ पाइएमा दैनिक तीनवटासम्म डोक्नी बनाउन सकिन्छ, तर काठ सजिलै पाइँदैन,’ उहाँले भन्नुभयो।


