bardiyahospital

कमरेड चेतना

Geruwa GIF

दुर्गाबहादुर थारु कबिर

 

कमरेड चेतना

cld

जनयुद्धका धुवाँले ढाकिएको त्यो आकाश

जहाँ सपनाहरू गोलीजस्तै उड्थे

त्यहीँ उभिएकी थिइन कमरेड चेतना

आँखामा परिवर्तनको उज्यालो बोकेर।

 

हिजो

उनको पाइला सत्ता चढ्थ्यो,

उपमेयरको कुर्सीले सम्मान गर्थ्यो उनको संघर्षलाई

भीडले नारा लगाउँथ्यो

‘ क्रान्ति जिन्दावाद !’

 

आज

सडकको छेउमा चिसो हावासँग लड्दै

मकैको धुवाँमा हराएकी छिन् उनी

आफ्नै इतिहासलाई पोल्दै जस्तो लाग्छ

प्रत्येक दानासँग।

 

जीवन

कहिले बन्दुकको नालमा लेखिन्छ

कहिले पोलेको मकैको बास्नामा हराउँछ।

 

क्रान्ति

कहिले सत्ता हुन्छ

कहिले पेटको आगो।

 

के बदलियो ?

समय, कि मूल्यहरू ?

कि हामी नै थाक्यौँ

आफ्नै आदर्श बोक्न?

चेतना भने अझै जीवित छिन् ।

 

उनको नामजस्तै

हामीलाई सम्झाउँदै

कि संघर्ष कहिल्यै सकिँदैन

र क्रान्ति

कुर्सीमा होइन

मानिसको जीवनमा मापन हुनुपर्छ।

 

मकैको धुवाँभित्र पनि

एक किसिमको विद्रोह हुन्छ ।

 

चुपचाप,

तर गहिरो

धन्यवाद,

लालसलाम छ कमरेड चेतनालाई ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.