bardiyahospital

नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियाको मधुवन नगरपालिकामा रहेको नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा रहेको पाइएको छ । मधुवन नगरपालिका– ४, ढोढरीमा रहेको राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा रहेको पाइएको हो ।

मधुवन नगरपालिकाकी नगर उपप्रमुख अनिता चौधरीले विद्यालयले सञ्चालन गर्दै आएको पढ्दै कमाउँदै कार्यक्रममा प्रचारप्रसार गर्न र विद्यालयलाई आवश्यक पर्ने अन्य सहयोगका लागि पालिका सधैँ तयार रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘संस्थागत विद्यालयको भन्दा सामुदायिक विद्यालय भौतिक रूपमा सम्पन्न छन् । विद्यालयमा राम्रो पढाइ हुन्छ । तर, अभिभावक सोचमा परिवर्तन गराउन नसक्दा धेरै बालबालिका संस्थागत विद्यालयमा पढ्न जाने गरेका छन् । सामुदायिक विद्यालयको सकारात्मक पक्षबारे समुदायलाई बुझाउन जरुरी रहेको छ । आर्थिक रूपमा कमजोर रहेका विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रम पनि छ  ।’

cld

विद्यालयमा प्रधानाध्यापक पूर्णचन्द्र पोख्रेलले विद्यालयले सिटिइभिटीबाट अनुमति लिएर ०७२ सालबाट डिप्लोमा सिभिल र डिप्लोमा इलेक्ट्रिकल पढाउन थालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘डिप्लोमा सिभिल र डिप्लोमा इलेक्ट्रिकल विषय पढ्नका लागि पहिला एक लाख  ६० हजार रुपैयाँ शुल्क लाग्ने गरेको थियो । तर,  सिटिइभिटीले शुल्क घटाएसँगै विद्यालयले पनि शुल्क घटाएर  ६० हजार रुपैयाँ शुल्क लिने  गरेको छ   । विद्यालयमा नै काम  गरेर  पनि विद्यार्थीले आर्थिक आयआर्जन गर्न  सक्छन् ।’

विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुमकला भुसालले विद्यालयको पठनपाठन सुधार गर्नका लागि आफूहरू लागिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘विद्यालय भौतिक पूर्वाधारका हिसाबले सम्पन्न छ । विद्यालयको पठनपाठन पनि राम्रो छ । तर, अभिभावकलाई बुझाउन नसक्दा धेरै विद्यार्थी संस्थागत विद्यालयमा पढ्न जाने गरेका छन् । विद्यालयको प्रचारपसार र विद्यालयमा राम्रो पढाइ हुन्छ भनेर समुदायमा बुझाउन सबै सराकोरवाला निकायको भूमिका महत्त्वपूर्ण हुने भएको हुँदा सबैको सहयोगमा विद्यालय राम्रो बनाउन सकिन्छ ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.