bardiyahospital

महाधिवेशन उद्घाटनको तयारी पुरा

Geruwa GIF

प्रकाश पौडेल / गुलरिया । नेपाल भूमिहीन सुकुम्बासी संगठनका केन्द्रीय अध्यक्ष शान्ता चौधरीले महाधिवेशनको तयारी पुरा भएको बताउनु भएको छ ।

उहाँले आज पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल भूमिहीन सुकुम्बासी संगठनको चैत्र २४ र २५ गते हुने प्रथम महाधिशेन उद्घाटन गर्न एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम रहेको समेत जानकारी दिनुभयो ।

cld

पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै अध्यक्ष चौधरीले हलिया, हरुवा, चरुवा, कमलहरी, कमैया भूमिहीन, सुकुम्बासीहरुलाई समेटेर नेपाल भूमिहीन सुकुम्बासी संगठन निर्माण गरेको बताउनु भयो । बर्दिया जिल्ला कमलहरी, कमैया र सुकम्बासीका धेरै समस्याहरु भएकोले पनि यहाँ महाधिवेशन गर्न लागेको उहाँको भनाई छ ।

एमाले केन्द्रीय सदस्य एवम् बर्दिया इञ्चार्ज लक्ष्मण ज्ञवालीले जिल्लामा पहिलो पटक भूमिहीन सुकुम्बासी र कमैयाले संगठित रुपमा कन्द्रा आन्दोलनको उठान गरेको कारण पनि महाधिवेशन गर्न बर्दिया पहिलो रोजाईमा परेको बताउनु भयो । कन्द्रा आन्दोलन दमन गर्न राज्यले हात्तीको प्रयोग गरेको थियो । आन्दोलनको क्रममा रुन्चे थारुले सहादत प्राप्त गर्नु भएको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.