
ज्ञानेन्द्र पोखरेल
बढैयाताल ।
बढैयाताल उद्योग वाणिज्य संघ मैनापोखरको नवनिर्मित भवन उद्घाटन भएको छ । बढैयाताल गाउँपालिका र उद्योग वाणिज्य संघ बढैयातालको संयुक्त लगानीमा निर्माण भएको भवनको उद्घाटन बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुृर श्रेष्ठले गर्नु भएको छ ।

भवन निर्माणमा करिब ५० लाखको लगानी रहेको उद्योग वाणिज्य संघ बढैयातालका अध्यक्ष बालकृष्ण लामिछानेले बताउनु भयो । लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अतिथस् बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, वडाध्यक्ष, उद्योगी व्यापारी सर्वसाधारण लगाएतकाको उपस्थीती रहेको थियो ।




