bardiyahospital

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट ८ सय ६४ जना लैङ्गिक हिंसा पीडितले लिए सेवा

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दिया अस्पताल, गुलरियामा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र  (ओसिएमसी ) ले चार वर्षमा लैङ्गिक हिंसामा परेका ८ सय ६४ जना पीडितहरूलाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।

एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी ) बाट बलात्कार, यौन दुर्व्यवहार, शारीरिक यातना, बालविवाह, मानव ओसार पसार, घरेलु हिंसा लगायतको मानव अधिकार उल्लङ्घनका घटनामा परी शारीरिक, मानसिक तथा सामाजिक यातना भोगेकालाई सहयोग गर्ने उद्देश्यले यसको स्थापना भएको हो ।

cld

बर्दिया अस्पताल, गुलरियाका मेडिकल रेकर्ड एवम् सूचना अधिकारी केशव न्यौपानेले आर्थिक वर्ष २०८२/०८३ लैङ्गिक हिंसामा परेका १ सय ८१ जनालाई, आर्थिक वर्ष २०८१/०८२ मा २ सय १ जनालाई आर्थिक वर्ष २०८०/०८१ मा २ सय १० जनालाई, आर्थिक वर्ष २०७९/०८० मा २ सय ७२ जनालाई स्वास्थ्य जाँच,  स्वास्थ्य उपचार, मानसिक एवम् मनोसामाजिक परामर्श सेवा दिएको जानकारी दिनुभयो । उहाँले अस्पतालमा आएको पीडितहरूको तथ्याङ्क अनुसार लैङ्गिक हिंसामा सबैभन्दा बढी जनजाति हुने गरेको देखिएको जानकारी दिनु भयो ।

लैङ्गिक हिंसा सम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र हिंसा पीडितहरूलाई उपचारको साथै उचित व्यवस्थापन गरी लैङ्गिक हिंसा मा परेकालाई स्वास्थ्य उपचार र कानुनी उपचारमा योगदान पुर्‍याउने  गरेको छ । महिला तथा बालबालिकाहरू माथि हुने बलात्कार, यौन दुर्व्यवहार, घरेलु हिंसा लगायत अन्य सङ्कटमा रहेकालाई उद्धार र उपचार व्यवस्थापन, पुनर्स्थापनाको काम एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले गर्दै आएको केन्द्रको स्रोत व्यक्ति एवम् बर्दिया अस्पतालको नसिङ निरीक्षक सपना बाठामगरले बताउनु भयो । उहाँले लैङ्गिक हिंसा महिला, बालबालिकाहरूलाई सुरक्षा, स्वास्थ्योपचार, मानसिक एवम् मनोसामाजिक परामर्श, कानुनी उपचार, आश्रय, पुनर्स्थापना कामहरू सञ्चालन गर्ने पीडितहरूको पहिचान गोप्य राख्ने काम केन्द्रले गर्दै आएको बताउनु भयो ।

सरकारद्वारा लैङ्गिक हिंसा पीडितहरूलाई सम्बन्धित सबै कार्यालयहरूको सहयोगमा आवश्यक सबै सेवाहरू पूर्ण रूपले निःशुल्क उपलब्ध गराउन स्थापना भएको केन्द्र हो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.