bardiyahospital

चाडपर्वलाई लक्षित गर्दै गुलरियामा यात्रु सहायता कक्ष स्थापना

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा चाडपर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले गुलरियामा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

यात्रु सहायता कक्षको उद्‌घाटन गर्दै प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले सार्वजनिक यातायात मार्फत यात्रा गर्दा सवारी चालक , सहचालक र टिकट काउन्टरमा कुनै आइपरे यात्रु सहायता कक्ष सेवा लिन सकिने बताउनु भयो । उहाँले चाडपर्वको समयमा भाडा बढी लिएको नजिकको यात्रुलाई लैजान नखोजेको जस्ता गुनासो विगतको दिनमा आउने गरेको हुँदा यात्रुहरूबाट प्राप्त हुने गुनासो सम्बोधन गर्न पनि यात्रु सहायता कक्ष स्थापना गरिएको जानकारी दिनुभयो ।

cld

उहाँले भन्नुभयो ,‘पछिल्लो समय चल्ने सवारीसाधनहरू गुणस्तरीय र यात्रा गर्दा सुविधा सम्पन्न छ । तर सुविधा सम्पन्न सवारी साधनले सरकारले तोकेको भाडादर मात्र लिन पाइन्छ । त्यो बारेमा ख्याल गर्नुहोला । तोकेको भाडादर बढी नलिनु होला।’

चाडपर्वका बेला यात्रुको चाप बढ्ने र सवारीसाधनमा यात्रा गर्दा विभिन्न समस्या हुन सक्ने भएकाले यात्रुलाई आवश्यक सहयोग, सूचना तथा गुनासो सुनुवाइका लागि सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्दिप बेलबासेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ चार्डपर्वमा घर जाँदा यात्रामा सहजता होस । सुरक्षित रुपमा यात्रुहरू घर जान पाउन भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यात्रा गर्दा कुनै समस्या परे यात्रुहरूले सहायता कक्षबाट सहयोग लिन सक्नुहुन्छ ।’

सहायता कक्ष मार्फत यात्रुले यात्राका क्रममा भोग्नुपरेका समस्या तथा सवारीसाधन सम्बन्धी गुनासो राख्न सक्ने व्यवस्था मिलाइएको ट्राफिक प्रहरी प्रमुख बेलबासेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ यात्रा गर्दा यात्रु, सवारी चालक, पैदल यात्री सबैले ट्राफिक नियमको पालना गरी सुरक्षित यात्राका गरिदिनु होला ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.