bardiyahospital

बर्दियामा निःशुल्क सेवा दिदैँ भेरी अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सिग्देल

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया ।बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको ठाकुरबाबा आधारभूत नगर अस्पतालमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. लक्ष्मण सिग्देलले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आउनु भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा कार्यरत डा. सिग्देलले आफ्नो बिदाको समय सदुपयोग गर्दै महिनाको तेस्रो शनिबार ठाकुरबाबा आधारभूत नगर अस्पतालमा आएर बिरामीको स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गर्दै आउनु भएको हो । अन्य दिन बाँकेको भेरी अस्पताल नेपालगञ्जमा बिरामीको उपचार गर्ने भए पनि बिदाको दिन पारेर ठाकुरबाबा नगर अस्पतालमा सेवा दिन आउने गरेको डा. सिग्देलले बताउनु भयो ।

cld

 उहाँले भन्नुभयो, ‘ ठाकुरबाबा नगरपालिका नजिककै मधुवन नगरपालिका मेरो घर हो । घर नजिकको पालिका रहेको अस्पतालमा आएर हाडजोर्नी तथा नशा सम्बन्धी बिरामीको उपचार गर्न पाउँदा एक किसिमको सन्तोष प्राप्त हुन्छ । अन्य बिदा भेरी अस्पतालमा बिरामी हेर्छु । कम्तिमा पनि महिनाको १ पटक भएपछि गाउँघरको साथीभाइ भेटघाट हुने र बिरामी उपचार पनि गर्न पाइने भएको महिना एक दिन यहाँ आउने गरेको छु।’ 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.