Division forest_Ads
Barista_Training

तिन दिन पछि खुल्यो हुलाकी सडक

Geruwa GIF

बर्दियाको मधुवन नगरपालिका वडा नं २ को ओराली बजार स्थीत अवरुद्ध भएको सडक तिन दिन पछि खुलेको छ । पीडित पक्ष र सरकार पक्ष विच पीडितलाई तत्काल क्षतीपूर्ति र घाइतेको निशुल्क उपचार गर्ने सहमति भएपछि बन्द खुलेको हो ।
वन्यजन्तुको आक्रमण रोक्नु पर्ने लगाएतका माग राख्दै गरीएको सडक अवरुद्धमा प्रहरीले गोली चलाउँदा १८ बर्षिया नविना चौधरीको मृत्यु र २२ बर्षिय राकेश थारु घाईते भएपछि घटनाले झन् उग्ररुप लिएको थियो ।
पीडित पक्ष, प्रशासन, स्थानीय जनप्रतिनिधि र राजनीतिक दल बीच मृतकका परिवारलाई बीस लाख रुपैयाँ क्षतिपूर्ति, मृतकको शालिक निर्माण र घाइतेहरुको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने सहमति पछि गत सोमबार देखि अबरुद्ध सडक सूचारु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।


बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, खाता जैविक मार्गमा मानव वसोबास क्षेत्रभित्र मानव वन्यजन्तु द्धन्द्धको स्थायी समाधान खोज्ने, पटक पटक मानिसलाई आक्रमण गर्ने नरभक्षी बाघको पहिचान गरी स्थानान्तरण गर्ने र सो वन्यजन्तुको आक्रमण बढी हुने करिब २० कि.मि.क्षेत्रमा तारजाली तथा कंक्रिट वाल लगाउने सहमति पछि सडक सूचारु भएको मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले जानकारी दिनुभयो ।

Basgadhi PSA_final

पीडित पक्षका वार्ता टोली सदस्य ढिकराम थारुले मागहरु पुरा भएको हुनाले बन्द फिर्ता लिईएको बताउनु भएको छ । उहाँले गोली चलाएका प्रहरीको विषयमा छान विन गर्न आएको गृहमन्त्रालयको टोलीले छानविन प्रक्रिया अगाडी बढाएको बताउँदै दोषीलाई कारवाही हुनेमा ढुक्क रहेको बताउनु भयो ।

गत सोमबार विहान मधुवन नगरपालिका–२ छोट्की सोनाहा गाउँकी ४१ वर्षिया अस्मिता थारुलाई बाघले आक्रमण गरी घाईते बनाएपछि स्थानीयहरुले ओराली बजारमा सडक बन्द गर्दै सुरक्षाको माग गरेका गरेका थिए । पटक पटक बाघको आक्रमणबाट मृत्यु हुने र घाईते हुने क्रम बढ्दै गएपछि केही समय अगाडी खाता इलाका वन कार्यालय र खाता समन्वय समितिमा तालाबन्दी गरेका थिए । अविलम्ब मान्छे मार्ने बाघलाई नियन्त्रण गरी स्थानान्तरण सहमती पश्चात ताला खुलेको थियो । एकातर्फ बाघ स्थानान्तरण नगर्ने र बाघको आक्रमण पनि भईराखेपछि उनीहरु आन्दोलनमा उत्रीएका थिए ।

 

Leave A Reply

Your email address will not be published.