गुलरिया ।
बर्दिया जिल्लाको गुलरियामा केन्द्रिय कार्यालय रहेको दलित महिला उत्थान संघ बर्दियाको २१ औँ साधारण सभा सम्पन्न भएको छ । संघले महिला शसक्तिकरण, जिविकोपार्जन, सिमान्तकृत तथा सिमावर्ति क्षेत्रका नागरिकहरुको आर्थिक एवं समाजिक संमृद्धिका लागी विगत दुई दशक देखी काम गर्दै आएको छ
कार्यक्रममा बर्दिया जिल्लाका समन्वय समितिका प्रमुख सुर्यबहादुर विष्ट प्रमुख अतिथी हुनुहुन्थ्यो । त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथी गुलरिया नगरपालिकाकी नगर उपप्रमुख सावित्रा गौतम विशिष्ट अतिथी रहनु भएको कार्यक्रममा स्थानिय जनप्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधीको उपस्थितीमा रहेको थियो । आइतबार गुलरियामा भएको साधारण सभा कार्यक्रममा दलित महिला उत्थान संघ बर्दियाकी परियोजना संयोजक जिरा विकले संस्थाले गर्दै आएको कार्यको बारेमा र संस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।
साधारण सभा कार्यक्रमको उद्घाटन सत्रमा स्थानिय निर्वाचन निर्वाचित स्थानिय जनप्रतिनिधीलाई स्वागत तथा सम्मान समेत गरीएको संस्थाकी कार्यक्रम संयोजक विष्णु नेपालीले बताउनु भयो । कार्यक्रमकी विशिष्ट अतिथी गुलरिया नगरपालिकाकी नगरउप्रमुख सावित्रा गौतमले साधारण सभाको सफलताको शुभकामना दिनु भएको थियो । गैरसरकारी संस्थाहरुको प्रतिनिधीत्व गर्दै गैरसरकारी संस्था महासंघ बर्दियाकी अध्यक्ष प्रिज्मा सिंह थारु, कार्यक्रममा उपस्थित स्थानिय जनप्रतिनिधीको प्रतिनिधित्व गर्दै गुलरिया नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरि प्रसाद पासी लगायतका वक्ताहरुले साधारण सभा सफलताको शुभकामना दिनु भएको थियो ।
कार्यक्रमको बन्द सत्रमा संस्थाले संचालन गरेका क्रियाकलापको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिएको थियो । संस्थाको नयाँ निति तथा कार्यक्रम माथी छलफल गरि अनुमोदन गरिएको दलित महिला उत्थान संघकी अध्यक्ष खिमा वि.कले जानकारी दिनु भएको छ ।