bardiyahospital

सन्दर्भ तेह्रौ पुण्य तिथी : प्रविनको सम्झनामा

Bidhut Notice

अंगद श्रेष्ठ
गुलरिया
ज्येष्ठ २७ गते विहान अप्रत्याशित दुःखद समाचारले मेरो मानस पटललाई हल्लाएर राखिदिएको छ । हाम्रो प्यारो भाईले हामीसंग नाता तोडेर गयो रे ! दुनियाँ के रहेछ ? केवल दिखावा ? भाई खवर सुने देखि पलपल तिम्रो तस्वीर यी नयनहरुमा नाँची रहेका छन । यस्तो लागि रहेछ कि यो सब झुठ हो । तर, यथार्थ यही हो की तिमी हामीबाट धेरै टाढा गई सकेका छौ । आखिर के नै रहेछ जीन्दगी ? मानीस बाँचुन्जेल न हो असल बन्ने, मिठो बोल्ने, राम्रो काम गर्ने । प्रकृतिको सत्य नियम थाहा पाउदा पाउदै पनि किन मान्छे, मान्छे हुन सक्दैनन् ? तिमीले सानै उमेरमा धेरै प्राप्त गरेका थियौ भाई । अव हामीले, यो समाजले र यो राष्ट्रले तिमीबाट लिनु थियो र दिन पनि त तयार नै थियौ । विडम्वना, अकाल मै अकल्पनीय तरिकाले तिमी हामी सबैको माझबाट विदा भएर गयौ, कहिल्यै नफर्किने गरी । हाम्रा मायालु मान्छेहरु ईश्वरलाई पनि राम्रो लाग्दो रहेछ ? हे ईश्वर कहिलेकाँही तिम्रो कठोरतालाई देख्दा तिमी माथिको विश्वास पनि ढग मगाउन थाल्छ । आत्मीय आफन्तीहरुको विछोड वडो पिडादायी नै हुन्छ । सबैको मृत्युमा मन व्याकुल हुन्छ नै । तर, तिमी जाँदा कता–कता ऐठन परिरहेको छ मुटुमा । सोच्नवाध्य छु ……………!

जन्मेपछि मर्नु पर्छ यो शास्वत् सत्य नियमलाई किन विर्सिन्छन् मान्छेहरु ? किन घमण्ड गर्छन? किन ईष्र्या ? किन रिस र डाहा ? किन भष्ट्राचार ? किन अथाहा सम्पत्तीको जोह गर्ने मोहमा वेपत्ता भाग्छन् मान्छेहरु ? मान्छे चेतनशिल प्राणी हो भन्छन् । तर, विवेक किन गुमाउछन मान्छेहरु पटक–पटक ? किन मान्छेले मान्छेलाई दोहन गर्न आतुर हुन्छन् ? जीउनु मात्र जीवन होईन ? जीन्दगीलाई सकारात्मक परिचालन गर्नु पनि जीवन हो भन्ने कुरालाई तिमीले व्यवहारमा पनि देखाएका थियौ भाई । पिता सुर्यराज गौतम माता सुर्य लक्ष्मी गौतमको कोखबाट तिमीले बर्दिया जिल्लाको गुलरियामा जन्मलियौ । बाल्यकाल, किशोरावस्था यसै जन्मथलोमा वितायौ । शिशु शिक्षा देखि माध्यमिक शिक्षा यसै स्थानबाट प्राप्त ग¥यौ । बडो संघर्षका साथ आफ्नो पढाईलाई पुरा गरि एक असल नागरिक र एक सहयोगी मान्छेको रुपमा आफ्नो पहिचान बनाउन सफल भएका थियौ, भाइ । शिक्षाको ज्योती छर्ने उद्देश्यले काठमाण्डौको अनामनगरमा व्यवस्थापन विषयको पढाई हुने लिवर्टी कलेज खोल्यौ । हाम्रो भनाई र हाम्रो भावनाको कदर गथ्र्यौ, वचनको सम्मान गथ्र्यौ । त्यसरी मायागर्ने र सहयोग गर्ने एउटा संस्कारी भाईलाई गुमाउनपुगेका छौ, हामी बर्दियाबासी । कति मर्माहित छौ भाई तिमीलाई के थाहा? कतिभाईबहिनाहरु कलेजमा भर्ना हुन नपाएर छटपटी रहँदा, एभाई कसैको जीन्दगी बनाउनु छ भनेर मैले फोन गर्दा,“पठाई दिनु न दाजु म छु नि,म गरिहाल्छु नि”भन्थ्यौ । तिम्रो सहयोगले धेरै भाईबहिनाको जीन्दगी बनेको पनि छ ।

आफ्नो देशको सेवा गर्ने र समाजलाई केहि दिने अठोटका साथ तिमी श्रममा भावनात्मक सम्वन्ध भन्ने विषयमा होला सायद, अध्ययन (पि.एच.डी) को सिलसिलामा अमेरिका तर्फ हानियौ । अध्ययन पुरा गरेर आफ्नै गाँउ ठाँउ फर्किने वेलामा हाम्रो भाईले हामीलाई नै छाडेर कतै टाढा, फेरी कहिल्यै नभेटिने गरी गएछौ भाई ! कसरी विर्सिन सक्छौ तिमीलाई ? हामीले गर्व गर्ने हाम्रो भाई, हामीलाई साथदिने हाम्रो भाई, मिलनसार, मृदुभाषी, संस्कारी, अनुशासित जतिपनि भाषिय अलंकार प्रयोग गरेपनी कम पर्छ तिम्रो लागि मेरो प्यारो भाई ।

हरेक वर्ष आफ्नो जन्म घर आँउथ्यौ । मुसुक्क मुस्कुराउदै“दाजु नमस्कार” भन्थ्यौ । अव,त्यो प्रविन हाम्रो भाई ’दाजु’भन्दै कहिल्यै नफर्किने गरी गयो । किन रिसायौ भाई हामी संग ? गुलरिया वासी सबैजनाले तिमीलाई अथाह माया गर्छन् भन्ने कुरा त तिमीलाई थाहा थियो नी भाई । फेरी किन लेख्यौ फेशवुकमा“मलाई माया गर” भनेर ? यो शव्द पढेर कुन्नि किन हो मेरो मन झस्केको थियो । भन्ने गर्छन् नी जाने मान्छेले संकेत गर्छ भनेर, त्यस्तै भयोकी क्याहो १ कमसेकम, हामीलाई मौका दिन्थ्यौ । तिमीले मागेको मनग्य माया हामी दिन्थ्यौ र व्यवहारमा नै देखाउन चाहान्थ्यौ की हामी गुलरिया वासी तिमीलाई कतिमाया गर्छौ भनेर । तर, तिमीले त अवसर नै दिएनौ भाई । जीवन पर्यन्त हाम्रो गुनासो रहिरहने छ । हामी तिमीलाई धेरै माया गछौ प्रविन भाई, यो सत्यलाई तिमीले स्वर्गमा भएपनि स्विकार गर्नै पर्छ । ‘WE LOVE YOU BHAI PRABIN’

तिमीलाई अथाहा मायागर्ने
तिम्रो दाजु
अंगद श्रेष्ठ

यो संस्मरण लेखकको भावना र विचारमा आधारीत हो ।

Leave A Reply

Your email address will not be published.