यज्ञप्रसाद सापकोटा,
बर्दिया ।
बर्दियामा सञ्चालित भएको कोभिड १९ पुनरुत्थान परियोजनाबाट प्रत्यक्ष रुपमा चार हजार एक सय २८ जना लाभान्वीत भएका छन् । लुथर्न वल्र्ड रिलिफको आर्थिक सहयोगमा दलित महिला उत्थान सँघले सञ्चालन गरेको परियोजनामा अप्रत्यक्ष रुपमा एक लाख ५९ हजार एक सय १० जनाले फाईदा लिएको दलित महिला उत्थान संघले बताएको छ ।
बर्दिया जिल्लाका तिन ओटा पालिकामा सञ्चालन गरेको परियोबर्दियामा कोभिड १९ पुनरुत्थान परियोजना अन्तिम चरणमा पुगेको छ । बर्दियाको गुलरिया नगरपालिका मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकामा सञ्चालनमा रहेको यस परियोजनाले कोभिड १९ प्रभावित जनताको जिविकोपार्जनमा सहयोग गर्नुका साथै स्वास्थ्य कार्यालयहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।
परियोजनाको कुल बजेट दुई करोड १० लाख ५८ हजार रहेको छ । जसमध्ये परियोजना व्यवस्थापनका लागि ३० प्रतिशत र क्रियाकलाप सञ्चालनका लागि ७० प्रतिशत बजेट खर्च गरीएको छ । परियोजना ५ अक्टुवर २०२१ देखि जुन २०२२ सम्म मात्र सञ्चालनमा रहेको छ । परियोजना सञ्चालनका लागि कार्यकारी निर्देशक, परियोजना संयोजक, परियोजना अधिकृत, लेखा अधिकृत गरी चार जना कर्मचारी रहेका थिए । त्यसैगरी स्वास्थ्य सहायक र कृषी प्राविधिक ३/३ परियोजनामा कार्यरत रहेको दलित महिला उत्थान संघकी अध्यक्ष खिमा वि.क.ले बताउनु भयो ।
परियोजनाले स्वास्थ्य प्रणालिलाइ शसतm बनाउने, कोभिड –१९ बाट त्यहाँ परेको असरलाई न्युनिकरण गरि पहिलेकै अवस्थामा लैजाने र कोभिड १९ को बिरुद्ध प्रतिकार गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । कोभिड –१९ बाट हुने सक्ने क्षतिको सामना गर्न सक्ने क्षमताको बिकास गर्ने गरी कार्य सञ्चालन गरीएको अध्यक्ष वि.क.ले बताउनु भयो । गुलरिया न.पा, बर्दिया अस्पताल , मधुबन न.पा र बढैयाताल गाउपालिकाका स्वास्थ्य कर्मिहरुलाई कोभिडको रोकथाम , ब्यबस्थापन र उपचार सम्बन्धित तालिम प्रदान गरिएको छ ।
१२ वटा स्वास्थ्य संस्थाहरुमा विभिन्न स्वास्थ्य साम्रागीहरु प्रदान गरीएको थियो । कोभिड अस्पतालमा प्रयोगका लागि गुलरिया न.पा, मधुबन न.पा र बढैयाताल गा.पा को स्वास्थ्य शाखामा १/१ वटा वासिङ मेसिन दिईएको छ । साथसाथै बर्दिया अस्पताल, स्वास्थ्य कार्यालय , कालिका स्वास्थ्यचौकि, ताराताल स्वास्थ्य चौकि र मथुरहरिद्धार स्वास्थ्य चौकिको प्रशुति सेवा कक्षमा पार्टिसन सहित व्यवस्थापन गरीएको छ । तिन ओटा पालिकाका कोभिड प्रभावित विपन्न ६ सय ११ घरपरिवारलाई स्वास्थ्य विमा गरीएको छ । एक सय ३० जना सुत्केरीहरुलाई सहयोग गरीएको छ ।
पोषणको महत्व र कोभिड १९ को जानकारी मुलक सन्देश सहितको सडक नाटक गुलरिया, मधुबन र बढैयाताल गा.पा को ३/३ वटा विभिन्न ठाँउमा कार्यक्रम संचालन गरीएको अध्यक्ष वि.क.ले बताउनु भयो । उहाँले कोभिड प्रभावित विपन्न समुदाय र स्वास्थ्यकर्मीहरुलाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको बताउनु भयो । त्यसैगरी कोभिड १९ को बिरुद्ध जनसचेतना फैलाउन र खोपको महत्व जानकारी गराउन गुलरिया न.पा, मधुबन न.पा र बढैयाताल गा.पा.को सबै वार्डहरुमा माइकिङ्ग गरी सचेतना फैलाउने स्थानीय रेडियोबाट रेडियो जिंगल प्रशारण र होर्डिङ्ग बोर्ड निर्माण गरीएको छ ।
गुलरिया नगरपालिकामा मकै खेतीका लागि एक सय २५ जना, व्यवसायीक तरकारी दुई सय जना, १० जना लाई २÷२ वटा बंगुरको पाठापाठी, ५ जना लाई १० हजार बराबरको किराना सामाग्री , ५१ जनालाई १६ लिटरको स्प्रे टंकी वितरण गरीएको छ । त्यसैगरी मधुवन नगरपालिकामा मकै खेतीको लागि एक सय जना, व्यवसायीक तरकारी खेतीका लागि एक सय ८८ जना, वंगुर पालनका लागि ३ जना लाई २÷२ वटा बंगुरको पाठापाठी, ३ जना लाई १० हजार बराबरको किराना सामाग्री , २५ जना लाई १६ लिटरको स्प्रे टंकी वितरण गरीएको छ ।
बढैयाताल गाँउपालिकामा मकै खेतीका लागि दुई सय ६१ जनालाई विउ वितरण, व्यवसायीक तरकारी खेतीका लागि ४० जनालाई सहयोग, २ जना लाई २/२ वटा बंगुरको पाठापाठी, २ जना लाई १० हजार बराबरको किराना सामाग्री , २४ जना लाई १६ लिटरको स्प्रे टंकी सहयोग गरिएको छ । साथै गुलरिया न.पा, मधुबन न.पा र बढैयाताल गा.पामा दुई सय ५० जना कृषकहरुलाई विभिन्न तरकारीहरुको बिउ वितरण गरीएको परियोजना संयोजक विष्णु नेपालीले बताउनु भयो ।
एक सय २३ जना रोजगार गुमाएका तथा विस्थापीत प्रवासीहरुलाई आर्थिक उपार्जनका लागि सहयोग गरीएको छ । तिनिहरु मध्ये बढैयाताल गा.पा मा ३२ जनालाई ३० वटाका कुखुरा वितरण गरीएको छ , २ जनालाई किराना सामाग्री र १० जनालाई १/१ वटा बाख्रा दिइएको छ । त्यसै गरि गुलरिया न.पा मा २३ जनालाई कुखुरा, १८ जनालाई किराना पसल सञ्चालनका लागि सामाग्रीहरु दिईएको छ । र मधुवन न.पा मा २३ जनालाई कुखुरा, १५ जनालाई किराना सामाग्रीहरु दिई व्यवसाय सञ्चालन गर्न सहयोग गरीएको परियोजना निर्देशक नेपालीले बताउनु भयो ।परियोजनाले कोभिड–१९ प्रभावितहरुलाई केही राहत दिन खोजीएको निर्देशकले बताउनु भयो । उहाँले विपन्न समुदायहरु जो कोभिड–१९ बाट प्रभावित हुनुहुन्थ्यो उनीहरु समक्ष पुग्ने प्रयास गरेको बताउनु भयो ।