bardiyahospital

अध्यापन अनुमति पत्रको लागि आएका परीक्षार्थी अलपत्र

परिक्षा दिन आउँदा ४० हजार खर्च

Geruwa GIF

प्रकाश पौडेल/गुलरिया(बर्दिया)
बर्दियामा अध्यापन अनुमति पत्रको परिक्षा दिनका लागि आएका परीक्षार्थी अलपत्र परेका छन् । भोलि (शनिबार) हुने अध्यापन अनुमति पत्रको परिक्षा लागि आएका परीक्षार्थीलाई होटल अभावले गर्दा बास बस्न समस्या परेको छ ।
बर्दिया जिल्लामा कर्णाली प्रदेशका परिक्षार्थीहरु परिक्षा दिन आईपुगेका छन् । शिक्षक सेवा आयोगले जिल्लामा रहेका होटलहरुको क्षमता नहेरीकन अन्धाधुन्ध परिक्षा सेन्टर राखेको गुनासो बढ्दै गएको छ ।
जिल्ला विकास तथा समन्वय इकाइका अनुसार बर्दिया जिल्लामा कर्णाली प्रदेशका छ हजार छ सय ६९जना परीक्षा सहभागी भएका छन् । तर बर्दिया जिल्लामा यती धेरै विद्यार्थीहरुलाई बास बसाल्न सक्ने होटलको व्यवस्था रहेको छैन । सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले होटलमा नअटाएका विद्यार्थीको व्यवस्थापनमा चासो दिएका छैनन् ।
अध्यापन अनुमति पत्रको परीक्षाको लागि सुर्खेत जिल्ला लेकबेसि नगरपालिकाका पूर्ण थापा मगरले आफनो छोरीलाई लिएर परिक्षाका लागि आएको बताउनु भयो । थापाले कर्णाली प्रदेशका नागरिकलाई आयोगले कायम गरेको परीक्षा सेन्टर अवैज्ञानिक भएको बताउनु भयो । बस्ने स्थानको आंकलन नै नगरी सेन्टर राखीएको बताउनु भयो । कर्णाली प्रदेशका विद्यार्थीले कर्णाली प्रदेश मै परिक्षा दिन पाउनुपर्ने बताउनु भयो ।
अध्यापन अनुमति पत्रको परीक्षाको लागि हुम्लाको सिमिकोटकी चाँदनी सुनारले परीक्षा दिन आउँदा चालिस हजार रुपैयाँमा खर्च भएको बताउनु भयो । कोरोनाको समयमा पनि बाध्यताले धेरै जना एउटा कोठामा बस्नु परेको बताउनु भयो । सरकारले कर्णाली प्रदेशका परिक्षार्थीलाई विभेद गरेको बताउनु भयो ।
जिल्ला विकास तथा समन्यव इकाइका कार्यालय प्रमुख रेविका अमात्यले कर्णाली प्रदेशका बर्दिया जिल्लामा सहभागी भएको बताउनु भयो । शिक्षा सेवा आयोगले जिल्ला तोकेको छ आयोगले तोकेका परीक्षार्थीलाई जिल्लाको गुलरिया नगरपालिका , बाँसगढी नगरपालिका, मधुवन नगरपालिका , बढैयाताल गाँउपालिका परीक्षा सेन्टर कायम गरीएको बताउनु भयो । होेटलको संख्या कम भएकोले पनि चार ओटा पालिकामा सेन्टर राखिएको बताउनु भयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.