Division forest_Ads
Barista_Training

बढ्दै आत्महत्याका घटना

पछिल्लो तीन वर्षमा ४५४ जनाद्वारा आत्महत्या

Geruwa GIF

प्रकाश पाैडेल बर्दिया (गुलरिया)
बर्दियामा आत्महत्या गर्नेको संख्यामा वृद्दि हुदै गएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाको तथ्यांक अनुसार प्रत्येक वर्ष आत्महत्या गर्नेको संख्यामा वृद्धि हुदै गएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाको अनुसार पछिल्लो तीन वर्षमा ४५४ जनाले आत्महत्या गरेका छन् । गत आर्थिक वर्ष २०७८/७९मा १६१जना मध्ये ७१ जना महिला र ९० जना पुरुषले आत्महत्या गरेका छन् ।

आर्थिक बर्ष२०७७/०७८ मा १५० जना मध्ये ६९ जना महिला र ८१ पुरुषले आत्महत्या गरेका छन् । आर्थिक वर्षमा २०७६/०७७ मा १४३ जना मध्ये ६१ जना महिला र ८२ पुरुषले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा सबैभन्दा बढी १६ वर्ष देखि २५ वर्ष उमेर समुहका रहेका छन् ।

Basgadhi PSA_final

प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले पारिवारीक कलह, प्रेममा धोका, सामाजिक सञ्जालको प्रयोग, गरिबी, व्यावसायिक असफलता र अशिक्षा कारण आत्महत्या भएको प्रहरीको अनुसन्धानमा देखिएको बताउनु भयो । उहाँले आत्महत्या गर्नेहरुले झुण्डिएर, विष सेवन र नदी वा पोखरीमा डुबेर आत्महत्या गर्ने गरेको प्रहरी उपरीक्षक बोहराले बताउनु भयो । उहाँले बर्दिया जिल्लामा आत्महत्याको तथ्यांक हेर्दा भयावहको अवस्था देखिएको हुँदा सबैले यसको रोकथामका लागि पहल गर्नुपर्ने बताउनु भयो ।

मध्यपश्चिम विश्वविद्यालय बबई बहुमुखी क्याम्पसका समाजशास्त्रका उपप्राध्यापक प्रेम प्रसाद अधिकारीले धेरै जसो मानिसहरु समाजले गर्ने टिकाटिप्पणीको कारण मानसिक दवावमा पर्ने, सोही कारण मानिक रोगी हुने र अन्ततः आत्महत्याको बाटो रोज्ने गरेको बताउनु भयो । श्रीमान् श्रीमतीको बीचमा हुने सामान्य असमझ, मान्छेको महत्वकांक्षी आवश्यकता पुरा नहुदाँ मान्छेमा निराश पैदा हुन्छ र मान्छेले आत्महत्याको बाटो रोज्ने बताउनु भयो ।

आत्महत्याको मुख्य कारण समाजका इकाइहरु समुदाय, परिवार, संघ ,संगठन, संस्था र त्यसपछिको कारण व्यक्ति स्वयं आफै भएको उप प्रधाध्यापक अधिकारीको भनाई छ । उपप्रध्यापक अधिकारीले भन्नुभयो, ‘जसरी आत्महत्याको मुख्य कारण समाजका इकाइहरु रहेका छन् यसको रोकथामका लागि पनि तीनै इकाइहरुलाई प्रभावकारी बनाउनु पर्छ ।’

विश्व स्वास्थ्य संगठन अनुसार प्रत्येक वर्ष विश्वभर करिब आठ लाख मानिसको आत्महत्याबाट मृत्यु हुने गरेको छ । विभिन्न अनुसन्धानले ९० प्रतिशत मानिसहरुले मानसिक स्वास्थ्य समस्याको कारण आत्महत्या गरेको पाइएको छ । आत्महत्या रोकथाम विश्वभरि नै एउटा चुनौतीको रुपमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.