Division forest_Ads
Barista_Training

गुलरियामा गजल साँझ

Geruwa GIF


प्रकाश पौडेल ।

बर्दिया (गुलरिया)
गुलरियामा चर्चित गजलकार कमल संघर्षको  उपस्थितिमा वृहत सांस्कृतिक तथा गजल  वाचन ‘खुडी’ विमर्श कार्यक्रम सम्पन्न भएको छ । जागरुक युवा समाजको आयोजनामा सो  कार्यक्रम सम्पन्न भएको हो ।
गजलकार संघर्षले कार्यक्रममा ‘के का लागि यो मरिहत्ते के छ तिमीसँग, ऐनालाई अनुहारले कुरूप बनाउँछ , आफ्नाहरु पर्छन् फेला जाने बेलामा’ लगाएत अन्य गजलहरू सुनाउनु भएको हो ।

Basgadhi PSA_final

गजलकार संघर्षले खुडी  सुदूरपश्चिम कर्णालीका तथा विशेष गरेर अछाम आसपासका क्षेत्रमा प्रयोग गरिने शब्द भएको बताउनु भयो । जंगली चरालाई  राख्न बनाइएको पिँजडा खुडी भएको बताउनु भयो  । उहाँले लोक साहित्यमा बन्धनका अलावा प्रेम र जीवनलाई व्यक्त गर्न पनि खुडी शब्दलाई बिम्बको रुपमा प्रयोग हुने गरेको बताउनु भयो । यो गजल सङ्ग्रहले पनि प्रेम र जीवनको प्रतिनिधित्व गर्ने बताउनु भयो ।


जागरुक युवा समाजका अध्यक्ष राम भण्डारीको अध्यक्षतामा गुलरियामा भएको कार्यक्रममा  साहित्यकार तथा गायक प्रभात सुवेदी, गायक तथा कलाकार विष्णु थापा सरगम , गायक हिमान्शु पोख्रल, गजलकार बामदेब ज्ञवाली, लोक गायक तथा संगीतकार राम प्रसाद लामिछाने, साहित्यकार सागर अर्चन  लगाएतले आफ्नो प्रस्तुती राख्नु भएको छ ।
गजलकार संघर्षको सडक पहिलो र खुडी दोस्रो गजल संग्रह हो ।  खुडी गजल सङ्ग्रहमा ८६ वटा गजल रहेको छ । जसमा सात वटा गजल अछामी भाषामा रहेको छ ।  खुडी गजल संग्रहलाई शिखा बुक्सले बजारमा ल्याएको छ । 

 

 

Leave A Reply

Your email address will not be published.