bardiyahospital

परियोजनाबाट चार सय बढि घरपरिवार लाभान्वित

Geruwa GIF

गुलरिया ।


बर्दियामा दलित महिला संघले सञ्चालन गरेको नेपालमा दलित महिलाको मानवअधिकार सुदृढीकरण परियोजनाबाट चार सय ४८ घरपरिवार लाभान्वित भएका छन् । फाउण्डेसन फर अ जस्ट सोसाइटीको सहयोगमा बढैयाताल र गुलरिया नगरपालिकामा सञ्चालन भएको परियोजनाबाट उनीहरु लाभान्वित भएका हुन् । 

cld


महिलाहरूको आर्थिक रुपमा शसक्त बनाई समाजबाट महिला हिंसाको अन्त्य गर्न र दलित महिलाहरूलाई हरेक क्षेत्रमा पहुँच पुर्याउनका लागि परियोजना सञ्चालन गरीएको दलित महिला संघकी अध्यक्ष हिमा सुनारले बताउनु भयो । परियोजनाले चार सय ४८ जनाको २० ओटा समुह बनाई उनीहरूलाई व्यवसायीक बनाउने र आर्थिक रुपमा सशक्त बनाउने काम गरेको उहाँले बताउनु भयो ।
गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकाका दलित, सीमान्तकृत तथा पिछडिएका समुदायका महिलाहरूको आर्थिक सशक्तिकरणको निम्ती परियोजनाले विषेश जोड दिएको छ । 


२० वटा महिला समुह बनाई करिब ४ सय भन्दा बढी महिलाहरूलाई समुहमा आवद्ध गराई विभिन्न आर्थिक उपार्जनका क्रियाकलापमा सरिक गराएको दलित महिला संघ बर्दिया प्रमुख सुनारले बताउनु भयो । सञ्चालनमा रहेको परियोजनाले दलित महिलाको आयआर्जनका क्रियाकलापमा पहुँच वृद्धि गराई समुहमा नियमित बचत र घुम्ती कोषबाट ऋण परिचालन गरि १७ जनाले खुद्रा पसल, ५२ जनाले बाख्रा पालन, १६ जनाले कुखुरा पालन, १२ जनाले बंगुरपालन लागयतका व्यवसाय गरेका छन् । 


समाजमा घट्ने अधिकांश महिला हिंसाको उपज महिलाहरू आर्थिक रुपमा शसक्त बन्न नसक्नु रहेको  सार्वजनिक सुनाई कार्यक्रमका सहभागीहरूले बताएका छन् । गुलरियामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथिमा गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्री गौतम हुनुहुन्थ्यो त्यसैगरी गुलरिया नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख शिला शाह, गैरसरकारी संस्था महासङ्घकी अध्यक्ष प्रिज्मा सिंह थारू लगाएतकाको उपस्थिति रहेको थियो । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.