bardiyahospital

 पहिलो पटक उम्मेद्वार पुग्दा राजी बस्तीमा खुसी

Geruwa GIF

    बारबर्दिया नगरपालिका वडा नं १०  दशघरुवामा रहेको राजी बस्तीको अगाडिबाट धेरै उम्मेदवार भोट माग्दै हिँडे पनि राजी बस्तीमा अझै सम्म पसेका थिएनन् । राजी जातीको समस्या बुझ्न र भोट माग्नका लागि नेकपा एमालेका प्रतिनिधि सभाका उम्मेदवार लक्ष्मण ज्ञवाली र प्रदेश सभाका उम्मेदवार भक्तबहादुर बिक. राजी बस्तीमा पुगेपछि उनीहरु खुसी भएका छन् ।

    जिल्लाका सबै राजनीति दलको उपेक्षामा परेका राजी जाती भोट माग्न नेता आउलान् र समस्या सुनाउँला भनेर कुरेर बसेका थिए । एकाएक भोट माग्नका लागि नेताहरू पुगेपछि उनीहरूको खुसीको सिमा रहेन । राजी बस्तीका नन्दराम राजीले हाल सम्म बस्तीमा कुनैपनि पार्टीका उम्मेदवारहरु नआएको बताए । उनले भने –‘हामी गास बास कपासको समस्यामा पिल्सिएका छौँ । चुनावमा नेताहरू आउँछन् र समस्याहरू सुनाउँला भनेको कोही नेताहरु पनि आउनु भएन । आज पहिलो पटक एमालेका नेताहरू आएको उनले सुनाए ।

cld


२०६३ साल देखि बारबर्दिया ३ को सामुदायिक वनमा बसोबास गरीरहेका थिए । २१ घरपरिवार राजीलाई तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत भवन निर्माण गरी गत वर्ष बारबर्दिया – १० मा सारिएको थियो । अस्थायी रुपमा बस्नका लागि सार्वजनिक जग्गामा सरकारले घर बनाईदिएको थियो । अस्थायी बासको व्यवस्था गरेको भएपनि स्थायी बसोबास र जिविकोपार्जनका लागि व्यवस्था नभएको राजी समुदायकी अध्यक्ष पार्वती राजीले बताइन् । उनले भनिन् –‘हामीलाई बस्नका लागि घर मात्र दिइएको छ । साग रोपेर खाने ठाउँ सम्म छैन कसरी बाँच्ने ।’
राजी घरपरिवारका पुरुष सदस्यहरू प्रायः घरमा भेटिँदैनन् । जिविकोपार्जनका लागि नेपाल र भारतका विभिन्न क्षेत्रमा काम गर्नका लागि जाने गरेका छन् । जिविकोपार्जनका लागि कमाउन घरबाहिर जाने भएको हुनाले पनि कतिपय राजीहरुको मतदाता नामावलीमा नाम समेत छैन । उनीहरु मताधिकारबाट समेत वञ्चित हुने गरेका छन् । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.