HPV KHOP
Barista_Training

बाल विवाह, लैंगिक हिंसा र लागु पदार्थ दुर्व्यसनी सम्बन्धी अन्तरक्रिया कार्यक्रम

Geruwa GIF

प्रकाश पौडेल/ बर्दिया (गुलरिया। बाल विवाह, लैंगिक हिंसा र लागु पदार्थ दुर्व्यसनी सम्बन्धी अन्तरक्रिया कार्यक्रम ठाकुरबाबा नगरपालिका वडा नं. ५ मा सम्पन्न भएको छ ।

किशोर किशोरीसँग बाल विवाह, लैंगिक हिंसा र लागु पदार्थ दुर्व्यसनी जस्ता बिषयमा संवाद भएमा यस्ता घटना रोक्न सकिने ठाकुरबाबा नगरपालिका वडा नं. ५ का अध्यक्ष शम्भुप्रसाद थारुले बताउनु भयो । उहाँले समाजमा जनचेतनाको कमी, गरिबी, वेरोजगारीले पनि बाल विवाह, लैंगिक हिंसा र लागु पदार्थ दुव्र्यसनी बढ्दै गएको बताउनु भयो । साथै उहाँले बाल विवाह, लैंगिक हिंसा र लागु पदार्थ दुव्र्यसनी जस्ता अन्य सामाजिक समस्या नियन्त्रण गर्न वडाले पनि विभिन्न कार्यक्रम कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो ।

Basgadhi PSA_final

ठाकुरबाबा नगरपालिका कार्यपालिका सदस्य रामरानी थारुले २० वर्ष भन्दा कम उमेरमा विवाह गर्ने, विवाह दर्ता नहुने तर बच्चाको जन्म भएपछि बच्चाको जन्मदर्ता गर्ने पाउने बच्चाको अधिकार हुने बताउनु भयो । उहाँले कानुन प्रष्ट नभएर बाझिएको बताउनु भयो ।

ठाकुरबाबा नगरपालिका वडा नं. ५ का परियोजन थारुले परम्परा र संस्कारका कारणले पनि बाल विवाह, लैंगिक हिंसा र लागु पदार्थ दुव्र्यसनी बढ्दै भएको बताउनु भयो । उहाँले विवाह वा अन्य कार्यक्रममा रक्सी र हुक्का प्रयोग रोक्नु पर्ने बतउनु भयो ।

महिला स्वयंसेविका सरिता शर्माले कम उमेरमा विवाह हुने र सुत्केरी हुने संख्या बढ्दै भएको बतायनु भयो । उहाँले विधालयबाट नै कम उमेरमा विवाह गर्दा हुने असरका बारेमा शिक्षा दिनुपर्ने बताउनु भयो ।

बाँके युनेस्को क्लबका बाल संरक्षण कार्यक्रमका सुपरभाइजर डम्मर परियारले बाल विवाह, लैंगिक हिंसा र लागु पदार्थ दुव्र्यसनी एउटा प्रमुख समस्या भएकोले यो समस्याको रोकथाम र नियन्त्रणका लागि सबैले हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो । उहाँले प्लान इन्टरनेशनल नेपनल र बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालित बाल संरक्षण् अन्तर्गत बाल विवाह, लैंगिक हिंसा र लागु पदार्थ दुर्व्यसनी विरुद्द कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो ।

 

Leave A Reply

Your email address will not be published.