bardiyahospital

ईपीएलको फाइनलका लागि पोखरा र भैरहवा भिड्दै

Geruwa GIF

काठमाडौं । इलिमिनेटर तर्फबाट एभरेष्ट प्रिमियर लिग ‘ईपीएल’ टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल पुग्न पोखरा राइनोज र भैरहवा आमुनेसामुने हुँदैछन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा फाइनल प्रवेशका लागि पोखरा र भैरहवा भिड्न लागेका हुन् । बुधबार भएको खेलमा पोखरालाई पराजित गर्दै चितवन टाईगर्स पहिलो पटक फाइनलमा स्थान बनाइसकेको छ ।

cld

यसअघि पोखरा पहिलो क्वालिफायरमा चितवनसँग ९ विकेटले पराजित भएको थियो । दोस्रो क्वालिफायरमा भैरहवाले काठमाडौं किग्स-११ लाई १६ रनले पराजित गर्दै लगातार चौथो पटक फाइनल नजिक छ । फाइनल शनिबार हुने छ । विजेताले ५० लाख र उपविजेताले १५ लाख प्राप्त गर्नेछन्

online dubble sclaed
Leave A Reply

Your email address will not be published.