bardiyahospital

विश्व पानी दिवसमा सरसफाइ र स्वच्छता सम्बन्धी अन्तर्क्रिया

Geruwa GIF

गुलरिया । गुलरिया नगरपालिका ४ नं वडा कार्यालयको सहयोगमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ बर्दियाको आयोजनामा ३१ औँ विश्व पानी दिवस मनाईएको छ ।

खानेपानी तथा सरसफाइ संकट समाधानका लागि द्रुत परिवर्तन भन्ने मुल नाराका साथ विश्व पानी दिवस मनाईएको हो । पानी दिवसको अवसरमा खानेपानी तथा सरसफाइ उपभोक्तासंग खानेपानी सरसफाइ र स्वच्छता सम्बन्धी अन्र्तक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा गुलरिया ४ नं वडामा रहेको गुलरिया दोस्रो खानेपानी आयोजनामा देखिएका समस्या र समाधानका लागि सम्बन्धीत निकायसंग छलफल गरिएको थियो ।

cld

गुलरिया नगरपालिका ४ नं वडाका वडाध्यक्ष सुरेश गौतमले खानेपानी र सरसफाइको समस्या समाधानका लागि प्रतिबद्ध भएर लाग्ने बताउनु भएको छ । फेडवासनका केन्द्रीय सदस्य चन्द्रमणी पौडेलले स्थानीय तह र खानेपानी तथा सरसफाइ उपभोक्ता समिति विच अझै पनि तालमेल नमिलेको बताउनु भयो ।

कार्यक्रममा फेडवासनका प्रदेश सदस्य कमानसिंह वली, खानेपानी सरसफाइ डिभिजन कार्यालय डिभिजन कार्यालय बाँकेकी कार्यक्रम अधिकृत हिमा पुन नेपाल रेडक्रस सोसाईटी गुलरिया उपशाखाका सभापति देवेन्द्र सिग्देल लगाएतको उपस्थिति रहेको थियो ।

गुलरिया नगरपालिका ४ नं. वडा कार्यालयको सहयोगमा फेडवासन बर्दियाले ३१औँ विश्व पानी दिवसको अवसरमा खानेपानी सरसफाई र स्वच्छता सम्बन्धी खानेपानी तथा सरसफाई उपभोक्ताहरुसँग अन्तर्किया कार्यक्रमको आयोजना गरेको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.