HPV KHOP
Barista_Training

शैक्षिक गुणस्तर सुधारका लागि तालिम

Geruwa GIF

 ठाकुरबाबा । 

शिक्षक निर्देशिका, पाठ्यक्रम र पाठ्यपुस्तकमा भएका विषयवस्तु सँग मिल्ने र बालमैत्री पठन सामाग्री निर्माण गर्ने, छापा मय कक्षा कोठा व्यवस्थापन गराउन, लैगिंक मैत्री तथा बाल मैत्री शैक्षिक सामाग्री निर्माण गर्न शिक्षकहरूका लागी प्रारम्भिक सिकाइ पढाई सन्दर्भ सामाग्री निर्माण र प्रयोग सम्बन्धी तालिम गुलरिया नगरपालिका तथा ठाकुरबाबा नगरपालिकामा शुरु गरिएको छ । 

बैशाख ३ गते देखि ५ गते सम्म सञ्चालन हुने तालिममा परियोजना लागू भएका ठाकुरबाबा नगरपालिका तथा गुलरिया नगरपालिकाका बिभिन्न वडाका बाल विकास केन्द्र देखि कक्षा ३ सम्मका कक्षा शिक्षकहरूलाई लक्षित गरि उक्त तालिम सञ्चालन गरिएको हो । परियोजना लागू भएका ठाकुरबाबा नगरपालिकाका सामुदायिक बिद्यालयमा १५ जना र गुलरिया नगरपालीकाका २२ जना कक्षा शिक्षकहरूको सहभागिता रहेको छ । उक्त तालिम प्लान इनटरनेशनल नेपाल र स्याक नेपाल बाँकेको साझेदारी तथा ठाकुरबाबा नगरपालिका र गुलरिया नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा सञ्चालन भएको थियो । तालिम सहजिकरण राष्ट्रिय सेतो गुराँसका सहजकर्ता झल कार्की र राधा मल्लले सहजीकरण गर्नुभएकाे छ ।

Basgadhi PSA_final

तालिमको उद्घाटन सत्रमा संस्थाका सहसचिव विष्णु अधिकारीले पूर्व कालमा शिक्षण सिकाइ परम्परागत रुपमा परम्परागत पद्दति अनुसार शिक्षण सिकाइ गर्ने गरेको र हाल बिद्यालय तहमा शैक्षिक सामाग्री, शिक्षण विधि पाठ्यक्रम, सिकाइ प्रकृया बाल केन्द्रित रहेको बताउनु भयाे । बिद्यालयमा तहमा दिइने शैक्षिक गतिविधिहरूलाई बालकेन्द्रित गर्न सके बिद्यालयमा शिक्षा गुणस्तरीय गर्न सकिने बताउँदै अझ पनि बिद्यालय तहको शिक्षण गतिविधि शिक्षक केन्द्रित हुँदा सोचेजस्तो हासिल हुन नससकेको अधिकारीले बताउनु भयाे । बिद्यालय तहमा पनि घरपरिवारमा दिने वातावरण बिद्यालय तहमा सृजना गर्न सके उनीहरूको व्यवहार र धारणामा परिर्वतन हुने बताउनु भयो । र तालिममा सिकेका कुरा कक्षाकोठामा प्रयोग गर्न सके बालकेन्द्रित मैत्री कक्षाकोठा बनाउन सकिने बताउँदै तालिमले लिएको उद्देश्य पुरा गर्न सकिने बताउनु भयाे  । 

 स्याक नेपाल बाँकेले बिगत लामो समयदेखि सामाजिक सेवाको क्षेत्रमा काम गदै आइरहेको र प्लान इनटरनेशनल नेपालको सााझेदारिमा यस गुलरिया नगरपालिकामा ७ र ठाकुरबाबा नगरपालिकामा १२ गरि जम्मा १९ वटा विद्यालयमा सिकाइ परियोजना मार्फत बालीकाको विद्यालयमा पहुँच तथा बालबालीकाहरुको शैक्षिक गुणस्तिर बृद्धिका लागी परियोजना मार्फत बिभिन्न कृयाकलाप सञ्चालन गरेको परियोजना परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी गरेका थिए ।

Leave A Reply

Your email address will not be published.