bardiyahospital

गुलरियामा प्याड निर्माण गर्ने तालिम सञ्चालन

Geruwa GIF


बर्दिया । बर्दियाको गुलरियामा पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड निर्माण तालिम सञ्चालन गरिएको छ । गुलरिया नगरपालिका ५ नं वडा कार्यालयको सहयोगमा संगम महिला महिला विकास कृषि सहकारी संस्थाको आयोजनामा ५ दिने तालिम सञ्चालन गरीएको हो । 


तालिममा रजश्वला भएको समयमा महिलाहरूले प्रयोग गर्ने सेनेटरी प्याड निर्माण गर्न सिकाइने छ । बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि फाल्नु पर्ने हुन्छ । तर तालिममा निर्माण गर्न सिकाइने प्याड सफा गरेर पुनः प्रयोग गर्न सकिने छ । तालिममा गुलरिया नगरपालिका ५ नं वडाका करिब २० जना महिलाहरू सहभागी रहेका छन् । 

cld


तालिमको उद्घाटन गर्दै गुलरिया नगरपालिका ५ नं वडाका अध्यक्ष मुमबहादुर मल्लले सेनेटरी प्याड निर्माण गर्ने तालिम लिएपछि यसलाई उपलब्धि मूलक बनाउनका लागि तालिमका सहभागीहरूलाई आग्रह गर्नु भयो । उहाँले आगामी वर्षमा पुनः प्रयोग गर्ने सेनेटरी प्याड निर्माण कार्यलाई व्यावसायिक रुपमा अगाडि बढाउनका लागि पहल गर्ने बताउनु भयो । प्याड निर्माण गरी बजार व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । 

 
तालिम पश्चात आवश्यक उपकरण र बजार व्यवस्थापन भएमा व्यवसायीक रुपमा उत्पादन गर्ने लक्ष्य रहेको संगम महिला विकास कृषि सहकारी संस्थाकी अध्यक्ष लक्ष्मी ज्ञवालीले बताउनु भयो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.