यज्ञप्रसाद सापकोटा/ बर्दिया (मधुवन) । बर्दियाको मधुवन नगरपालिका वडा नं ६ ले पुर्व जनप्रतिनिधि, समाजसेवी र लामो समय देखि सार्वजनिक सेवा काम गर्दै आउनु भएकाहरुलाई सम्मान गरेको छ । वडा र नगरपालिकाको विकासको लागि योगदान दिने पुर्व जनप्रतिनिधिहरुलाई वडा कार्यालयले सम्मान गरेको बर्दियामा पहिलो हो ।
नवनिर्मित वडा कार्यालय भवनको उद्घाटनको अवसर पारेर उहाँहरुलाई सम्मान गरिएको छ । वडा भित्र बसोबास गर्ने पुर्व जनप्रतिनिधि, समाजसेवी, लामो समय देखि सार्वजनिक सेवामा काम गर्दै आएका ६० जना व्यक्तिहरुलाई सम्मान गरिएको वडाध्यक्ष भक्तबहादुर सुनारले बताउनु भयो । उहाँले भन्नु भयो – ‘समाजलाई यो अवस्थासम्म पुर्याउनका लागि उहाँहरुको महत्वपुर्ण योगदान रहेको छ । उहाँहरुको योगदानको कदर गर्दै सम्मान गरेका हौँ ।’ सम्मान पाउनेमा तत्कालिन सांसद खगराज शर्मा देखि तत्कालिन वडा सदस्यसम्म रहेका छन् ।
त्यसैगरी मधुवन नगरपालिका वडा नं ६ को वडा कार्यालय भवनको संघीय सांसद तथा पुर्व उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री विमला वि.क.ले गर्नु भएको छ । चार ओटा कोठा र एक हल सहितको भवनको गत माघ देखि निर्माण सुरुवात गरिएको थियो ।
भवन उद्घाटन गर्दै पुर्व राज्य मन्त्री वि.क.ले हालसम्म नेपालमा भएको परिवर्तन एक व्यक्ति वा एक पार्टीले गरेको नभएर सबैको संयुक्त प्रयासले भएको बताउनु भयो । उहाँले पछिल्लो समयमा नेकपा एमालेको नेतृत्वमा भएको सरकारले काम गरेको बताउँदै सहि कामलाई सहि र गलत कामलाई गलत भनेर सबैले स्विकार्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो –‘कसले के कति काम गर्यो त्यो जनताले मुल्याङ्कन गर्ने छन् ।
पुर्व राज्यमन्त्री वि.क.ले चुनाव जितेर जनताका विच नजाने नेता नेता हुन नसक्ने बताउँदै जनताले पनि नेतालाई खबरदारी गर्ने र मुल्याङ्कन गर्नुपर्ने बताउनु भयो । नेतालाई मात्रै गाली गर्नुको सट्टा अव जनता विवेकशील भएर मतदान गर्ने समय आएको बताउनु भयो ।
कार्यक्रम वोल्दै विशेष अतिथि एवं लुम्बिनी प्रदेश सभा सदस्य कुलप्रसाद पोखरेलले जनताको काम गर्नका लागि निर्वाचित भएको बताउँदै आफ्नो क्षमताले भ्याएसम्म जनताको सेवा गरेको बताउनु भयो । मधुवनको विकासका लागी राजनैतिक पुर्वाग्रह नराखी सवै मिली काम गर्नु पर्नेमा जोड दिनु भयो । । उहाँले प्रदेश सरकारले स्थानिय सरकार सगँ सहकार्य गर्दै शिक्षा, स्वास्थ्य, सडक निर्माणका कार्यहरुमा काम गरिरहेको वताउनु भयो ।
वडा नं ७ का वडा अध्यक्ष राजेन्द्र हमालले जनप्रतिनिधि कुनै राजा नभई जनताको चौकीदार भएकाले चौकीदारको भुमिका के हुन्छ भन्ने कुराको हेक्का सबै जनप्रतिनिधिले राख्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो –‘अहिले राजा भएको अनुभुति गर्ने जनप्रतितिनिधिलाई केही समय पछि जनताले चुनावमा देखाईदिने छन् ।’
त्यस्तै, वडा नं ६ का वडा अध्यक्ष भक्त वहादुर सुनारले अव आफ्नै भवनवाट जनतालाई सेवा गर्न सहज हुने वताउनु भयो । उहाँले वडाले शिक्षा, स्वास्थ्य, कृषि , सडक निर्माण र सीपमूलक कार्यक्रमलाई पहिलो प्राथामिकता राखेर काम गर्दै आएको वताउनु भयो । सीमित बजेट र कार्यक्रमका बिच पनि उल्लेखनीय काम गर्न सफल भएको बताउँदै बजेट अभावका कारण ठुला विकास निर्माणको काम गर्न नसकेको बताउनु भयो ।
कार्यक्रममा राजनैतिक दल , वुद्धिजिवी, समाजसेवी लगाएत वडावासीको उपस्थिती रहेको थियो ।