bardiyahospital

रकम उठाउन नपाएपछि ठेकेदारले नै भत्काए जब्दीघाटको अस्थाई काठे पुल

स्थानीयहरु डु‌गाकाे जाेखिमपूर्ण यात्रामा, एउटा मात्रै डु‌गा चलाउँदा नदीवारपार गर्न एक घण्टा लाग्ने

Geruwa GIF

प्रकाश पाैडेल, गुलरिया । गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीमा रहेको जब्दीघाटको अस्थाई काठको पुल ठेकदारले निकालेका छन् ।

बारबर्दिया नगरपालिकले पुलमा आवातजावत गर्न शुल्क नलाग्ने घोषण गरेको केही दिनपछि विहिवार राती नै डुंगा सञ्चालनको जिम्मा पाएका ठेकेदारले पुलको दुबै तर्फको पटरा (फल्याक) निकालेका हुन ।

cld

प्रतिनिधि सभा सदस्य सञ्जयकुमार गौतमले बैशाख ३० गते देखि जेठ ६ गतेसम्म जब्दीघाटमा पुल बनाउने लगाएत १५ बुँदे माग सहित भत्किएको पुलको मुनी आमरणअनशन बस्नु भएको थियो । सासद अनशन बसेको ४ दिन पछि बारबर्दिया नगरपालिकाले काठको पुलमा आवतजावत गर्न कुनै शुल्क नलाग्ने घोषण गरको थियो । उक्त स्थान (घाटमा) बारबर्दिया नगरपालिकाले पाँच लाख २५ हजार रुपैयामा घाट उत्राहीको ठेक्का लगाएको थियो ।

बारबर्दियाका  स्थानीयबासीले सासद सञ्जयकुमार गौतमले अनसन बसेको स्थानसम्म पुग्न कार्यकर्तालाई सहज होस भनेर बारबर्दियाका नगरप्रमुखले पुलमा छुट दिने घोषण गरेको आरोप लगाउनु भयो । उहाँले हिजो साँझ पुलमा बाटो हिडेको र आज आउँदा पुलको दुबैतिरको पटरा निकालेर ठेकदारले डुंगा चलाएर पैसा उठाएको बताउनु भयो । उहाँले कि पुलको बाटो भएर आवतजावत गर्न छुटको घोषण गर्न हुदैन थियो घोषण गरेपछि कार्यान्वयन गर्न सक्नु पर्ने थियो । सस्तो लोकप्रियताका लागि यस्तो घोषण नगर्न उहाँको सुझाव थियो । उहाँले ठेकेदारले पुलको काठ निकाल्दा पनि स्थानीय सरकार लाचार भएर टुलुटुलु हेरिरहेको आरोप लगाउनु भयो ।

बारबर्दियाका नगरपालिका नगरप्रमुख छविलाल थारुले नदीमा पानीको वहाव बढेको भनेर ठेकेदारले पुल निकालेको खबर पाउना साथ रोकिएको बताउनु भयो । उहाँले आज दुबैतिरको पुलको काठ निकालेको भएर समस्या परेपनि भोलिबाट नै काठको पुल नियमित सञ्चालन हुने बताउनु भयो । उहाँले जबसम्म काठको पुलको चल्न सक्छ चलाउने र त्यो बाटो भएर आवतजावत गर्न शुल्क नलाग्ने बताउनु भयो ।

जब्दीघाटको पुल २०७१ साल साउन २९ गते आएको बाढीले भत्किएको थियो । तर पनि मान्छे साना सवारीसाधन त्यही भत्किएको बाटो भएर आवतजावत गर्ने गर्थे । तर असोज २६ गते आएको बाढीले भत्किएको पुलको स्पान नदिमा खसेपछि बाटो अवरोध भएको थियो । तत्काल पुल नबन्ने भएपछि बारबर्दिया नगरपालिकाकाले जब्दीघाट ढुगा सञ्चालनका निम्ति पाँच लाख २५ हजारमा असार मशान्तसम्म ठेक्काको अवधी रहने गरेर ठेक्का दिएको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.