Division forest_Ads
Edu_Barabardiya

गणतन्त्र दिवस भव्यताका साथ मनाइयो

Bidhut Notice
Geruwa GIF
Basgadhi PSA_final


बर्दिया ।
बर्दियामा विविध कार्यक्रम सहित गणतन्त्र दिवस मनाइएको छ । गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा प्रभातफेरी सहित कोण सभाको आयोजना गरिएको हो ।
गणतन्त्र दिवसको अवसरमा बर्दिया अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । फलफुल वितरण पश्चात् बर्दिया अस्पतालबाट निस्केको प्रभातफेरी गुलरिया बजार परिक्रमा गरी राधाकृष्ण चोकमा कोणसभामा परिणत भएको थियो ।


कार्यक्रमको सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले गणतन्त्रमा आम नागरिकले सरकार र सरकारी कार्यालयबाट पाउने सुविधा कर्मचारीहरूले ध्यान दिनु पर्ने बताउनु भयो । नागरिकलाई गणतन्त्रको अनुभुति हुने खालको सेवा दिनु पर्ने बताउनु भयो ।
जिल्ला समन्वय समितिका अध्यक्ष सूर्यबहादुर विष्टले शहीदको बलिदानी र आम जनताको त्यागले गणतन्त्र आएको बताउँदै तिन थरीका सरकार आउनु गणतन्त्रको उपलब्धि भएको बताउनु भयो । शहीद यमलाल लामिछानेको स्मरण गर्दै उहाँहरूको बलिदानी कै कारणले अहिले जनताको घर दैलोमा स्थानीय सरकार पुगेको बताउनु भयो । सबैले जनतालाई अनुभुति हुने गरी सुविधा दिएमा जनताले गणतन्त्रको अनुभुति गर्न सक्ने बताउनु भयो ।

 

Leave A Reply

Your email address will not be published.