
विशाल बस्नेत, गुलरिया । ढाकाको कपडा बुनाई तालिम सम्पन्न भएको छ । बढैयाताल गाँउपालिका वडा नं. ८ मा रहेका महिलाहरुलाई उद्यमी बनाउन तालिम भएको हो ।


महिलालाई उद्यमी र आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालयले विभिन्न सीप मूलक तालिमहरु सञ्चालन गर्ने गरेको छ । यसबाट नयाँ उद्यमी उत्पादन गर्ने महिलालाई आत्मनिर्भर बनाउने लक्ष्य राखेर सरकारले काम गर्दै आएको ।
बढैयाताल गाँउपालिका वडा नं.८ को समन्वय, स्पन्दन नेपालको आयोजना र घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक सहयोगमा साढे दुई महिने तालिम सम्पन्न भएको हो । तालिम २०७९ चैत्र २ गते देखि सञ्चालन भएको थियो ।
तालिममा १८ देखि ३५ बर्षसम्मका ११ जना महिलाहरु सहभागी भएको बढैयाताल गाँउपालिका ८ नं. वडा कार्यालयले जनाएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालन गरेको तालिमले दिदीवहिनी आत्मनिर्भर हुने वडा नंं ८ का वडा अध्यक्ष तेजनाथ पौडेले बताउनु भयो । उहाँले अन्र्तराष्ट्रिय बजारमा ढाकाको कपडाको माग धेरै भएको उत्पादन भएको कपडा सजिपलै बिक्रि हुने समेत बताउनु भयो ।
ढाकाको प्रचारप्रसार गर्न वडा कार्यालय तयार रहेको वडाध्यक्ष पौडेलले बताउनु भयो ।


