bardiyahospital

लू अझै पाँच दिन रहने, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाकाे अपिल

Geruwa GIF

काठमाडौँ  ।  देशभर गर्मी बढ्दो क्रममा रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनयाम नजिकिँदै गए पनि वर्षा गराउने जलवायुजन्य गतिविधि निष्क्रियप्रायः बनेपछि तापक्रम बढिरहेको जनाएको छ । तराईका धेरै क्षेत्रमा आगामी पाँच दिनसम्म पनि लु चल्ने महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ।

हाल तराईमा डेढ सातादेखि चलिरहेको लु (तातो हावा) पश्चिम तराईसम्म फैलिएको छ। लु अझै पाँच दिनसम्म लम्बिने आकलन गरिएको छ। महाशाखाले निकालेको बुलेटिनमा तातो हावा तथा लुबाट बच्न अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझाव दिइएको छ । निस्किनै परे टाउको छोप्न, पटक–पटक पानी वा झोल पदार्थ प्रशस्त पिउन र हल्का खालका सुतीका कपडा लगाउन भनेको छ।

cld

बुलेटिनमा तातो हावा तथा लुबाट थकाइ लाग्ने, तीर्खा बढी लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस् हुने, पांसपेशीहरु दुख्ने, बान्ता हुने आदि लक्षण देखिने उल्लेख गरिएको छ । यस्ता लक्षण देखिए स्वास्थ्य संस्था जान वा स्वास्थ्यकर्मीको परामर्श लिन महाशाखाले सुझाएको छ ।

सुरुमा मध्यतराई अर्थात् पर्सादेखि भैरहवा क्षेत्रसम्म लु चलेकामा हाल विस्तार भएर पश्चिम नेपालगन्ज र पूर्वमा मोरङसम्म फैलिएको छ। अहिले तराईमा औसत अधिकतम तापक्रम ४० डिग्री सेल्सियस छ। तर, बुधबार नवलपुरको दुम्कौली क्षेत्रमा अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन भएको छ।

पहाडी क्षेत्रमा साँझ–बिहान हल्का बदली र फाट्टफुट्ट वर्षा भए पनि काठमाडौंसहितका पहाडी भूभागका उपत्यका तथा खोँचमा समेत तापक्रम उच्च छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.