Krishnasar_Dubble Ad
Barista_Training

ठाकुरबाबा मन्दिरमा आज महाआरती हुँदै

Geruwa GIF

बर्दिया । बर्दियाको ठाकुरबाबा मन्दिर परिसरमा महाआरती हुने भएको छ । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको ठाकुरबाबा मन्दिरमा आज देखि हरेक शुक्रबार सन्ध्या महाआरती हुने भएको हो ।

नाट्टा बाँके च्याप्टर, नेपालगञ्जको आयोजना, ठाकुरबाबा मन्दिर व्यवस्थापन तथा विकास समितिको सहकार्य र ठाकुरबाबा नगरपालिका प्रर्वधक रहने गरि महा आरती आजबाट शुरु हुन लागेको हो ।

Basgadhi PSA_final

ठाकुरबाबा नगरपालिका पर्यटकीय क्षेत्र भएकाले पर्यटन प्रर्वधन विकास टेवा पुग्ने उदेश्यका साथ नगरपालिकाले महाआरती शुरुवात गर्न लागेको ठाकुरबाबा नगरपालिका नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो । धार्मिक उदेश्यले मात्र नभई पर्यटकीय हिसाबले पनि यो महाआरती महत्वपूर्ण हुने नगर प्रमुख लम्सालको भनार्ई छ ।


पश्चिम क्षेत्रकै महत्वपूर्ण गन्तव्यको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको ठाकुरबाबा मन्दिरमा महाआरती हुँदा पर्यटकीय गतिविधि बढ्ने भन्दै निकुञ्ज क्षेत्रका स्थानीयहरु खुशी देखिएका छन् । स्थानीय होटल सञ्चालक रामजी थापाले महाआरतीले आफूहरुको पर्यटन व्यवसायमा थप सघाउ पुग्ने बताउनु भयो ।

हरेक शुक्रबार बेलुका सन्ध्या महा आरती हुने भएको हुँदा सम्पुर्ण श्रदालु भक्तजनहरुलाई सहभागिताका लागि नगरप्रमुख लम्सालले अनुरोध गर्नुृभयो ।

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page