Division forest_Ads
Barista_Training

यी ७ खाने कुरालाई बिर्सेर पनि फ्रिजमा नराख्नुस्

Geruwa GIF

काठमाडाैँ ।  फ्रिज, माइक्रो ओभन वा माइक्रो वेभ हाम्रा दैनिकीका अभिन्न अंग बनिसकेका छन् । हामी सामान्यतया हाम्रा खानेकुराहरु फ्रिजमा राख्न मन पराउँछौं । कुन खाना फ्रिजमा राख्न् कुन नराख्न् भन्ने खासै ख्याल पनि गर्दैनौं । तर विशेषज्ञहरुले केही खाना कहिल्यै पनि फ्रिजमा राख्न नहुने बताएका छन् ।

यहाँ फ्रिजमा राख्न नहुने प्रकारका खानेकुराको चर्चा गरिएको छ ।

हरियो सलादः

हरिया सागपात वा सलाद बनाउने सामग्री कहिल्यै पनि फ्रिजमा राख्न नहुने विज्ञहरुको भनाइ छ । फ्रिजमा राख्दा हरिया सागपातहरुको गन्ध हराउने र त्यसमा भएको पोषक तत्वमा समेत ह्रास आउँछ । बरु यस्ता खानेकुरालाई फ्रिजमा राख्नुको सट्टा कागजमा बेरेर प्लास्टिकमा राख्नु उपयुक्त उनी विज्ञहरुले बताएका छन् ।

दुधः

दुध पनि फ्रिजमा राख्नु राम्रो मानिँदैन । यदि दुध खानेकुरा पकाउन वा कुनै परिकार बनाउन प्रयोग गर्ने हो भने चाँहि फ्रिजमा राख्दा पनि हुन्छ तर पिउने दुध चाँहि फ्रिजमा राख्न उपयुक्त मानिँदैन ।

फ्राइ गरेका खानाः

फ्राइ गरेका क्रिप्सी र क्रन्ची खानेकुराहरु पनि फ्रिजमा राख्नु राम्रो मानिँदैन । किन भने फ्रिजमा राखेपछि यिनीहरुको स्वाद नै हराउँछ । फ्राइड चिकेन वा फ्रेन्च फ्राइज फ्रिजबाट झिकेर खानु जस्तो नमज्जा केही पनि हुँदैन ।

अण्डाः

Basgadhi PSA_final

अण्डा पनि फ्रिजमा राख्नु हुँदैन । अण्डालाई फ्रिजमा राख्दा यसको बाहिरको भाग फुट्ने वा अनेक समस्या आउँछ । त्यतिमात्र होइन भित्रको झोल पनि विग्रन सक्छ ।

काँचो तरकारी वा फलफूलः

काँचो तरकारी वा फलफूलका लागि पनि फ्रिज उचित ठाउँ होइन । यसले ताजा खानेकुरा फलफूलको स्वाद विगारिदिन्छ ।

पनिरः

पनिरका लागि पनि फ्रिज उपयुक्त ठाउँ होइन । खासगरी पकाएको पनिर र त्यसबाट बनेका खानेकुराहरु फ्रिजमा राख्दा स्वादहिन हुन्छ ।

दहीः

फ्रिजमा राखेर दही जमाउनु उचित हो । तर खान योग्य भैसकेको दही पुनः फ्रिजमा राख्नु गलत हुन्छ । किन भने जमिसकेको दहीलाई थप फ्रिजमा राख्दा यसको स्वाद विग्रने वा यसमा भएको पोषक तत्व पनि ह्रास हुने हुन्छ ।

आलुः

आलु पनि फ्रिजमा राख्नु हुँदैन । यसलाई फ्रिजको साटो अलिक ओभानो र आद्रता भएको ठाउँमा राख्नु पर्छ । फ्रिजमा राखिएको आलुमा पानी बढी हुन्छ र यसले स्वाद पनि विगारिदिन्छ ।

Leave A Reply

Your email address will not be published.