Division forest_Ads
Barista_Training

सचेतना बढाउँदै सडक नाटक

Geruwa GIF

गुलरिया ।
गुलरिया नगरपालिकाका विभिन्न स्थानमा लैंगिक हिंसा निवारण तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धि सचेतना मुलक सडक नाटक प्रतियोगिता गरीएको छ ।

Basgadhi PSA_final

गुलरिया नगरपालिकाका कुना कन्दराहरुमा गई मानव अधिकारका लागि एकल महिला विकास केन्द्र बर्दिया र सुृर्यादय सास्कृतिक प्रतिष्ठानको सहकार्यमा गुलरिया नगरपालिकाको सिमावर्ती क्षेत्र र ग्रामिण वस्तीहरुमा सडक नाटक प्रस्तुत गरीएको हो । ‘लैंगिक हिंसा बिरुद्व जागौं, मानव बेचबिखन रोकौं’ भन्ने नारासहित लैंगिक हिंसा निवारण तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धि सडक नाटकको आयोजना गरीएको एकल महिला विकास केन्द्र बर्दियाकी अध्यक्ष मिना थापाले बताउनु भयो ।

स्थानिय नागरिकले सहजरुपमा बुझने गरि लैंगिक हिंसा निवारण तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धि जनचेतनामुलक नाटक गाँउगाँउमा प्रदर्शन गरिएको छ ।
ग्रामिण क्षेत्रका गाँउका बस्तीबस्तीमा प्रदर्शनगर्दै आएको सडक नाटकमा लैगिंक हिंसा, महिला माथी गाउँका सम्भ्रान्त वर्गले गर्ने व्यवहार, महिलाहरु माथी हुने हिंसा, महिलालाई माया जालमा फसाएर भारतमा लगेर बेचिएपछिको पिडा लगायत सन्देश समेटिएको छ । पछिल्लो समयमा युवायुवतीहरुले प्रयोग गर्दै आएको प्रविधिको गलत प्रयोग तथा समाजमा घट्ने गरेको विभिन्न घटनाहरुलाई समावेश गरिएको छ । सडक नाटकले स्थानीयलाई छुट्टै प्रकारको सन्देश दिन खोजे स्थानीयवासीले बताएका छन् । भारतसँग खुला सिमाना जोडिएको हुनाले पनि नाटकले मानव बेचविखन न्युनीकरण गर्नका लगि महत्वपुर्ण भुमिका खेल्ने छ ।

नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग र गुलरिया नगरपालिकाको समन्वयमा नाटक प्रदर्शनी आयोजना गरीएको हो ।

Leave A Reply

Your email address will not be published.