bardiyahospital

जबरजस्ती करणीको कसुरमा १२ वर्ष कैद सजाय

Geruwa GIF

कृष्णसार अनलाइन ।  बर्दियामा जबरजस्ती करणीको कसुरमा एक जनालाई कैद सजाय भएको छ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको कसुरमा गुलरिया नगरपालिका– २ का २१ वर्षीय चन्द्रबहादुर सुनारलाई १२ वर्ष कैद सजाय भएको हो ।

बर्दिया जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८२ चैत ३ गतेको इजलासले कसुर ठहर गर्दै सुनारलाई १२ वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबाना, २० हजार रुपियाँ क्षतिपूर्ति र ७५ हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार कमल घलेले बताउनु भयो ।

cld

आरोपितले पीडित बालिकालाई ०८२ जेठ १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १८ गते प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई जेठ १८ गते गिरफ्तार गरेको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.