Division forest_Ads
Barista_Training

राजनीतिक दलले नागरिकमा निराशा बाँड्ने नभई आशा जगाउनु पर्छ : प्रधानमन्त्री प्रचण्ड

Geruwa GIF

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकमा देखिएको निराशाले देशमा खतराको घण्टी बजाएको बताउनु भएकाे छ ।

सोमबार काठमाडौंमा आयोजित स्व. गिरिजाप्रसाद कोइरालाको शतवार्षिकी समारोहमा उनले नागरिकको निराशा यही रूपमा बढे संघीय लेकतान्त्रिक गणतन्त्रसँगै देशको भविष्य पनि अन्योलमा पर्ने बताउनु भयाे ।

Basgadhi PSA_final

“शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, आर्थिक क्षेत्र र सामाजिक क्षेत्रमा विकृति बढ्दै जाँदा नागरिकमा राजनीतिप्रति चरम निराशा फैलिएको छ । यो निराशालाई दुरुपयोग गरियो भने अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र मात्र होइन, देशकै भविष्य संकटमा धकेलिन सक्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे, “त्यसैले संविधानको मर्म र भावनाअनुरूप देश अघि बढाउँदै नागकिरको निराशा चिर्न केही गर्नुपर्छ भनेर म प्रधानमन्त्री भएको हुँ । फोटो मात्रै त मैले दुई/दुईपटक झुन्ड्याइसकेको छु ।”

राजनीतिक दलले निराशा बाँड्ने नभई आशा जगाउनुपर्ने भन्दै उहाँले सबैले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिए । उहाँले अरू दलहरूलाई पनि निराशाको समाधानमा जुट्न आह्वान गर्नुभयाे ।

नागरिकमा निराशा बढाएर राजनीति सुरक्षित नहुने उहाँकाे दावी छ । उहाँले आफ्नो कार्यकालमा विकृति न्यूनीकरण गर्दै नागरिकमा आशा जगाउने बताउनु भयाे ।

Leave A Reply

Your email address will not be published.