bardiyahospital

सूचना प्रणाली कार्यान्वयनमा अटेरी गर्ने बोर्डिङ विद्यालयलाई कार्वाही

अटेरी गरे खारेजीकाे चेतावनी

Geruwa GIF

प्रकाश पाैडेल, बर्दिया। बारबर्दिया नगरपालिकाले पालिका भित्रका छवटा संस्थागत (बोर्डिङ) विद्यालयलाई कारवाही गरेको छ । पालिकाले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा सूचना अद्यावधिक नगर्ने उक्त विद्यालयलाई कारवाही गरेको हो ।

पालिकाले जेष्ठ १४ मा विद्यालयलाई पत्राचार गरेर, असार १५ सम्ममा सूचना प्रणालीका सूचना अद्यावधिक गर्न समय दिएको थियो । सो सययमा सूचना अद्यावधिक नगरेको विद्यालयलाई पालिकाले कारवाहीका गरेको शिक्षा शाखा प्रमुख टिकानाथ गोसाईले जानकारी दिनुभयो ।

cld

शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक, संथागत, धार्मिक विद्यालयले विद्यालय स्तरीय तथ्यांक संकलन, प्रशोधन, विश्लेषण भण्डारण, सार्वजनिकीकरण, र प्रयोगका लागि एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) प्रयोगमा ल्याएको छ ।

एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा विद्यालयको भौतिक निमार्णको विवरण,चल अचल सम्पत्तिको विवरण , कक्षागत र विधागत विद्यार्थीको विवरण, शैक्षिक कार्यक्रमको विवरण, अनलाइन दर्ता गर्नु पर्ने हुन्छ । त्यसैगरी विद्यार्थीको दर्ता सम्बन्धी विवरण, विषयगत शिक्षक र कर्मचारीको विवरण, शैक्षिक संस्था भएको र नभएको दिन तथा अवधीको विवरण सञ्चालक तथा व्यवस्थापकको विवरण सूचना प्रणालीमा राख्नु पर्ने हुन्छ ।

कारवाही हुनेमा बबई प्याराडाइज इङलिस बोर्डिङ स्कुल, द न्यु भ्वाइस एकेडमी सेकेन्डरी स्कुल, न्यु होप एकेडमी, फेमस युनिक इङलिस बोर्डिङ स्कुल, विज्डम क्वालिटी इङलिस मिडियम स्कुल र लभिङ चाइल्ड कयेर एकेडमी रहेका छन् ।

पालिकाले आधारभूत तह (१–५)लाई पाँच हजार, आधारभूत तह( १–८)लाई १० हजार र माध्यामिक तहलाई १५ हजार जरिमाना तोकेको छ । कारवाहीमा परेका विद्यालयले असार २५ मा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली अद्यावधिक गर्न र तोकिएको जरिवाना तिर्न पालिकाले सूचना जारी गरेको छ । पालिकाको सूचना नमानेमा विद्यालयलाई कालो सूचीमा राखी विद्यालय खारेजीसम्म हुने पालिकाले जनाएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.