bardiyahospital

बर्दिया पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना जिल्ला घाेषित

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्ला पूर्णखोप समन्वय समितिले आज एक औपचारिक कार्यक्रम गरेर बर्दियालाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरेको हो ।

आठ वटा स्थानिय तहका ७५ वटा वडामा रहेका १६ महिना देखि ५९ महिनासम्मका बालबालिकालाई सबै प्रकारका (१३ किसिमका) खोप लगाएपछि पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको हो । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख एंव वरिष्ठ जनस्वास्थ्य अधिकृत गोर्कण गिरीले कुनै पनि बालबालिका खोपबाट बञ्चित नरहेकोले पूर्णखोप सुनिश्चितता गरिएको बताउनु भयो । उहाँले पूर्णखोप सुनिश्चिततालाई दिगोपन दिने प्रतिद्धता जनाउनु भयो ।

cld

उहाँले अभियानमा २३ हजार ८ सय ५९ जना बालबालिकालाई पूर्णखोप लगाइएको बताउनु भयो । उहाँले खोप लगाएका बालबालिका रोग लाग्नबाट बच्ने, बाल मृत्युदर र अपाङ्गता दरमा कमी आउने बताउनु भयो ।

संघीय सांसद सञ्जयकुमार गौतमले पूर्णखोप सुनिश्चितता कार्यक्रम सफल बनाउन महिला स्वास्थ्य स्वयंसेवीका र स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहेको बतााउनु भयो । उहाँले राज्यबाट महिला सामुदायिक स्वास्थ्य स्वयसेविकालाई राज्यले उचित पारिश्रमिक दिनु पर्ने बताउनु भयो ।

कार्यक्रम खोप अभियान सफल बनाउनसक्रिय रुपमा लागेका महिला स्वंयसेविकालाई सम्मान गरिएको थियो । कार्यक्रकमा प्रदेश सांसद भुवनेश्वर थारु, राजकुमार थारु , जिल्ला समवन्य समितीका प्रमुख सूर्य बहादुर बिष्ट, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल लगाएको सहभागिता रहेको थियो ।

खोप लगाउन छुटेका बालबालिकाको स्थानीय तहका स्वास्थ्यकर्मीको प्रत्यक्ष संलग्नता र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले माघ फागुनमा सर्वेक्षण गरेको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.