bardiyahospital

मुक्त कमैयाकाे जीवन स्तर उकास्न तीन तहकै सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्री चाैधरी

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियाको राजापुरमा २४ औं कमैया मुक्ति दिवस मनाइएको छ । लुम्विनी प्रदेशको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कार्यक्रमकोे उद्घाटन गर्नु भएको हो ।

सरकारले मुक्तकमैया घोषणा गरेको २३ बर्ष पुरा भएको छ । घरेलु मजदुरको रुपमा रहेको कमैया प्रथा दाङ बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेको थियो ।

cld

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुक्त कमैया परिवारका व्यवस्थापन र पूर्स्थापना हुन नसक्नुले सकारात्मक सन्देश प्रवाह गर्न नसकेको बताउनु भयो । उहाँले मुक्त कमैयाको समस्या समाधान गर्न तीनै वटा सरकार गम्भीर भएर लाग्नु पर्नेमा जोड दिनु भयो । उहाँले आजको दिनले मुक्त कमैयामा उत्साह, उर्जा र श्रृजनशिलता बढाउन थप प्रेरणा प्रदान गरेकोमा शुभ कामना दिदै मुक्त कमैयालाई स्वरोेजगार बनाउने, उनीहरुको सीपलाई उत्पादन र सीपलाई बजारसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

बर्दिया सबैभन्दा बढी कमैया भएको जिल्ला भएको लुम्बिनी प्रदेश भौतिक पूर्वाधार मन्त्री धर्मबहादुर चौधरीले बताउनु भयो । उहाँले कमैया मुक्तिको घोषण भएपनि उहाँहरुको जीवन स्तर माथी उठ्न नसकेको बताउनु भयो । दुई दशक वितिसक्दा पनि उहाँहरुको आर्थिक सामाजिक र राजनितिक रुपमा माथी नसक्नुु दुःखद भएको मन्त्री चौधरीले बताउनु भयो । उहाँले कमैयाको जीवन स्तर माथी उठाउन तीन तहको बीचमा सहकार्य गरेर काम गर्नु पर्नेमा जोड दिनु भयो ।

पश्चिम तराईका पाँच जिल्लामा २७ हजार ५ सय ७० जना मु्क्तकमैया रहेको छन् । यस्तै बर्दियामा ११ हजार ५ सय ५१ जना मुक्त कमैया रहेका छन् । बर्दियामा सबैभन्दा बढी ११ हजार ५ सय ५१ जना मुक्त कमैया रहेका छन् । कैलालीका ८ हजार ९ सय ७५ जना मुक्त कमैया रहेका छन् । कञ्चनपुरमा ४ हजार ४ सय १७ जा मुक्त कमैया रहेका छन् । बाँके १ हजार ९ सय २१ जना मुक्त कमैया रहेका छन् । दाङमा ७ सय ५ जना मुक्त कमैया रहेका छन् । बर्दिया सबैभन्दा बढी कमैया कमलरी भएको जिल्ला हो ।

२४ औ मुक्त कमैया दिवश मुल तयारी समिती बर्दियाको आयोजनामा कार्यक्तम भएको हो । कार्यक्रमलाई सफल बनाउन लुम्बिनी प्रदेश सरकार, आठ वटा स्थानीय तह , बेश बर्दिया, कमैया जागरण समाज नेपालले महत्वपूर्ण भूमिका निवाह गरेका थिए । कार्यक्रम सरस्वती सामूदायिक वन उपभोक्ता समितीमा भएको हो ।

नेपालमा कहिलेबाट कमैया राख्न थालियो भन्ने एकिन तथ्यांक छैन । कमैया हुनु भनेको दास हुनु हो । कमैयासँग न घरबार थियो , न जग्गा जमिन थियो । कमैया भएपछि जमिनदारको घरमा बस्नु पर्ने हुन्थ्यो । जमिनदारले भने अनुसारको काम गर्नु कमैयाहरु बाध्य थिए । कमैयाहरुले खेतबारीको र घरायरी काम गर्नु पर्ने हुन्थ्यो ।

कयौंले जमिनदारबाट लिएको ऋण तिर्न नसक्दा कमैया बस्नुपर्ने बाध्यता आईपरेको थियो । नेपालको ईतिहासमा कंलकको रुपमा रहेको कमैया प्रथा सरकारले २०५७ साल साउन २३ गते मुक्तकमैया घोषणा गरको थियो । मुक्तकमैया घोषणा भएको भएको २३ बर्ष भएको छ । कमैया मुक्तिको घोषण गर्दा २७ हजार परिवारको दुई लाख भन्दा बढी स्वतन्त्र भएको थिए ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.