Krishnasar_Dubble Ad
Barista_Training

बर्दिया अस्पातलमा जनशक्ति अभावले कराेडाैँ रुपैयाँका उपकरण प्रयाेगहीन

नियमित सेवा प्रदानमा समेत कठिनाइ

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय (एच.डी.यु) तथा आइ.सी.यु सेवा सञ्चालन हुन सकेको छैन । करिब साढे दुई करोडको लगानीमा बनेको एच.डी.यु र आइ.सी.यु सेवा जनशक्ति अभावले सञ्चालन हुन नसकेको हो ।

दैनिक सयको संख्यामा उपचार सेवा दिदै आएको अस्पतालले जनशक्ति अभाव भोग्दै आएको छ । अस्पतालले ओपिडी, इमरजेन्सी, सर्जिकल ओपिडी÷इन्डोसकोपि सेवा, प्रसुती तथा स्त्रीरोग,फिजियोथेरापी लगायतको सेवा प्रदान गर्दै आएको छ ।

आर्थिक बर्ष २०७९÷०८० मा एक लाख १५ हजार सात सय १८ जनाले उपचार सेवा लिएको अस्पतालले जनाएको छ । त्यसैगरी आर्थिक बर्ष २०७८÷०७९ मा एक लाख सात हजार चार ७८ जनाले उपचार सेवा लिएको छन् । भने आर्थिक बर्ष २०७७÷०७८ मा ४५ हजार नौ सय ९६ जनाले उपचार सेवा लिएका छन् । अस्पतालमा सेवा लिन आएको संख्या दिनानुदिन बढेदै गएको छ ।

Basgadhi PSA_final

अस्पाताका प्रमुख वरिष्ठ मेडिकल सुपरिटेन्डेन डाक्टर सुभाष पाण्डेले अस्पतालमा ५९ जनाको दरबन्दी रहेको भएपनि हाल २३ जना मात्र कार्यरत रहेको बताउनु भयो । उहाँले अस्पतालमा थप सेवा प्रदान गर्न १५÷२० जना मेडिकल अधिकृत र ४० जना नर्सिङ स्टाफ आवश्यक रहेको बताउनु भयो । नेतृत्वले अस्पताल आफ्नो लागि हो भन्ने बुझ्न नसक्दा पनि समस्या परेको डा. पाण्डेको भनाइ छ ।

अस्पतालमा जनशक्ति अभाव भएकोले पूर्ण रुपमा एच.डी.यु र आइ.सी.यु कक्ष सञ्चालन गर्न नसके पनि बिरामीको संख्या बढी हुदाँ सो कक्षबाट उपचार सेवा दिदै आएको डाक्टर पाण्डेले बताउनु भयो । अस्पतालका प्रमुख डाक्टर पाण्डेले समय अनुकुल, जनसंख्याको अनुपात, र सेवाग्राहीको संख्या हेरेर जनशक्ति व्यवस्थापन हुनुपर्ने माग गर्नुभयो ।

बर्दिया अस्पतालका सूचना अधिकारी द्रोण विक्रम पन्थीले एच.डी.यु र आइ.सी.यु सेवा सञ्चालनको सम्पूर्ण संरचना तयारी भएपनि जनशक्ति अभावले सेवा सुचारु हुन नसकेको बताउनु भयो । उहाँले अस्पताल बिकास समितीले ६०÷७० जना जनशक्ति व्यवस्थापन गरिएको बताउनु भयो । उहाँ भन्नुभयो, ‘एच.डी.यु र आइ.सी.यु सेवा सञ्चालनमा चौविसै घण्टा सेवा दिनुपर्ने हुन्छ । अस्पतालमा जनशक्तिको अभाव छ । यसलाई सञ्चालन गर्न अस्पतालको स्रोतले पुग्दैन । प्रदेश वा स्थानीय तहले जनशक्ति व्यवस्थापन गर्न सके सेवा शुरु गर्न सकिन्छ ।’

अस्पतालले कोभिड–१९ संक्रकण बढेपछि स्थानीय निकाय सहयोग र अस्पतालको आफ्नो लगानीमा २५ शैयाको एच.डी.यु र आइ.सी.यु सेवा सञ्चालनको लागि संरचना तयारी भएको हो । जनशक्ति अभाव हुदाँ २ बर्ष भन्दा बढी समयदेखि सेवा सञ्चालन हुन सकेको छैन ।

अस्पताल ५० शैयाको हाे। तर अस्पतालमा बिरामीको चाप बढ्दा ८० शैयासम्मको उपचार सेवा दिदै आएको छ । अस्पतालको सीमित स्रोत, साधन र जनशक्तिले अस्पताल चलाउनु पर्ने बाध्यता रहेको हो । बार्षिक एक लाख भन्दा बढीले उपचार सेवा लिँदै आएको अस्पतालको स्तरउन्नती, विशेषज्ञ चिकित्सक, दक्ष जनशक्ति व्यवस्थापन गर्न स्थानीय निकाय, जनप्रतिनिधि र राजनितिक दल लगायत सरोकारवालाहरुले ध्यान दिन जरुरी रहेको छ ।

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page