bardiyahospital

अस्पतालका विरामीलाई फलफूल वितरण

Geruwa GIF

गुलरिया । बर्दिया अस्पतालमा रहेका विरामीलाई फलफूल वितरण गरिएको छ । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समितिले शहिद मनोज, झपेन्द, सुरेन्द्रको स्मृति दिवसको अवसरमा फलफूल वितरण गरेको हो ।

पेशागत हकहितका लागि शहिद भएकाहरुको सम्झनामा नेपाल निजामति कर्मचारी संगठनले रक्तदान, वृक्षारोपण, वृद्धआश्रममा खाध्यान वितरण लगायतको कार्यक्रम गर्दै आएको छ ।

cld

नेपाल निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष कृष्णबहादुर विष्टले संगठनले कर्मचारीको हकहितका लागि निरन्तर रुपमा काम गर्दै आएको बताउनु भयो । उहाँले संगठनले गरेको आन्दोलनमा २०४८ साल श्रावण १५ गते मनोज जोेशीले साहदत प्राप्त गरेको दिनमा विभिन्न खालको कार्यक्रम गर्दै आएकोमा यस बर्ष अस्पतालमा रहनु भएका विरामीको स्वास्थ्य लाभको कामना गर्दे फलफूल वितरण गरिएको बताउनु भयो ।

बर्दिया अस्पतालमा बालरोग बिशेषज्ञ विश्वनाथ कुमार शाहले अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरेको धन्यवाद दिर्दै आगामी दिनमा पनि अस्पतालमा यस्ता रचनात्मक कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.