
गुलरिया । प्रेस संगठन बर्दियाको छैठौं जिल्ला अधिवेशनले भिम उचै ठकुरीको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । शुक्रबार सम्पन्न भएको अधिवेशनले ठकुरीलाई सर्वसम्मतले अध्यक्ष चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा मिन अधिकारी, महिला उपाध्यक्ष माया चौधरी, सचिवमा टिकाराम चौधरी, कोषाध्यक्ष राजु नगाल क्षेत्री, सह–सचिब खुला तर्फ विनोद चन्द, सह–सचिव समावेशी तर्फ हुम कुमार चौधरीलाई चयन गरेको छ ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रिका प्रेस सल्लाहकार तथा प्रेस सेन्टर लुम्विनी प्रदेसका संयोजक मानसिंह विश्वकर्माको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन सत्र सम्पन्न गरीएको थियो ।

प्रेस सेन्टरका केन्द्रिय सदस्य मेघराज सिग्देल, प्रदेश सदस्यहरु शितल थापा, प्रभुराम चौधरीको उपस्थितमा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारु, उपमेयर अन्जु दहित, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष भवनकुमार थारु, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरे, बर्दिया शाखाका अध्यक्ष यादव प्रसाद आचार्य लगायतको उपस्थिती थियो ।


