Division forest_Ads
Barista_Training

बालविवाह न्यूनीकरणका लागि छलफल

Geruwa GIF

गुलरिया ।
गुलरिया नगरपालिकामा बालविवाह न्यूनीकरणका विषयमा छलफल भएको छ । गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमको अध्यक्षतामा बालविवाह न्यूनीकरणको क्षेत्रमा काम गर्ने संघसंस्था विच छलफल भएको हो ।


दलित महिला उत्थान संघले सञ्चालन गरेको बालविवाह तथा चाँडै हुने विवाह न्यूनीकरण तथा रोकथाम परियोजनाको वार्षिक समीक्षा गर्नका लागि बसेको बैठकमा बालविवाह न्यूनीकरणका लागि संस्थाले गरेको कार्यको बारेमा छलफल भएको छ । कार्यक्रममा बर्ष भरी गरेका कामहरूको बारेमा जानकारी गराउँदै परियोजना अधिकृत जिरा वि.क.ले बालविवाह न्यूनीकरणका लागि गुलरिया नगरपालिकाको वडा नं २, ३, ८ र ९ नं वडामा अभियान सञ्चालन गरेको बताउनु भयो । उहाँले समाजमा बालविवाह सम्बन्धी विभिन्न समस्याहरू फेला परेको बताउँदै त्यसको समाधानका लागि सबै सरोकारवाला पक्षहरु मिलेर काम गर्नुपर्ने बताउनु भयो ।


गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्द अर्यालले बालविवाह न्यूनीकरणका लागि गुलरिया नगरपालिकाले तथ्याङ्क संकलन, रणनीति निर्माण, कार्यविधि निर्माण लगायतका कामहरू सम्पन्न गरिसकेको हुनाले विभिन्न संघसंस्था र सरोकारवाला सँग मिलेर कार्यक्रम गर्न मात्र बाँकी रहेको बताउनु भयो ।

Basgadhi PSA_final


गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले यस आर्थिक वर्षमा नै गुलरिया नगरपालिकाका वडा नं ४, ६ र १२ लाई बालविवाह मुक्त क्षेत्र घोषणा गर्ने गरी कार्यक्रम अगाडि बढाएको बताउनु भयो ।
गुलरिया नगरपालिका उपप्रमुख सावित्रा गौतमले बालविवाह न्यूनीकरण सम्बन्धी सम्पूर्ण नीतिहरू बनाइसकेको र अब नीति कार्यन्वयन गर्नका लागि सबैसँग समन्वय गरेर अगाडि बढ्ने बताउनु भयो । उहाँले नगरपालिका भित्र बालविवाह न्यूनीकरणका लागि काम गर्ने सम्पूर्ण संघ संस्थाहरूले एक आपसमा समन्वय गरेर अभियान अगाडि बढाउनु पर्ने बताउँदै त्यसको नेतृत्व र समन्वयकारी भूमिका नगरपालिकाले गर्ने बताउनु भयो ।


बैठकमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरे, गुलरिया नगरपालिकाका २ नं वडाका वडाध्यक्ष टंकप्रसाद अधिकारी, वडा नं ३ का वडाध्यक्ष सर्वजित यादव, वडा नं ८ का वडाध्यक्ष धमेन्द्र कुमार बानियाँ, स्वास्थ्य शाखा प्रमुख शुनिल पाण्डे, शिक्षा शाखा प्रमुख सतिश यादव, महिला तथा बालबालिका शाखा प्रमुख शिला शाह, पत्रकार यज्ञप्रसाद सापकोटा लगायत विभिन्न संघ / संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.