Division forest_Ads
Edu_Barabardiya

बुहारी कुट्ने ससुरा पक्राउ

Bidhut Notice
Geruwa GIF

प्रकाश पौडेल, गुलरिया ।
बर्दियामा सार्वजनिक स्थलमा आफ्नै बुहारी कुट्ने ससुरा पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका वडा नं. ११ विजयनगर बस्ने ५३ वर्षीय भर्थरी थारू पक्राउ परेका हुन् । उनले आफ्नै बुहारी २५ वर्षीया प्रमिला थारूलाई सार्वजनिक स्थल सडकमा कुटपिट गरेको आरोप लागेको छ ।


‘नयाँ मोबाइल किनेर ल्याएर घरभित्र बसेर त्यसमा भिडियो हेर्दै थिए । ससुराले मोबाइल खोस्नु भयो । पीडित प्रमिला थारु भन्नुहुन्छ –‘माग्न जाँदा उल्टै मलाई अपशब्द बोल्दै, मुक्काले हाल्दै ,कपाल लुछ्दै घरबाट सडकसम्म पुर्याउनु भयो । म रुर्दै गरेको देखेर सासु र स्थानीय सम्झाउन आउँदा उहाँहरूलाई पनि  हातपात गर्न खोज्नु भयो ।’

Basgadhi PSA_final


घरयासी विवाद हुँदा यस अघि ससुराले गाली गर्ने पिट्ने गरेको  पीडितले बताउनु हुन्छ  । उहाँले भन्नु भयो, ‘ श्रीमान कमाउन ताप्लेजुङ जानु भएको छ । घर म र  सानो ४ वर्षको छोरी छौ ।  ससुराले यस अघि पनि गाली गरि राख्नु हुन्थ्यो । मैले सामान्य रुपमा लिएको थिए,  यसपटक मलाई पिट्नु भयो शरीर बेस्सरी दुखेको छ ।’


इलाका प्रहरी कार्यालय बाँसगढीमा इन्स्पेक्टर सुधिर खड्काले पीडित थारूले ससुराले पहिला पनि रक्सी सेवन गरेर कुटपिट गरेको खुलेको बताउनु भयो । उहाँले सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि पक्राउ गरिएको बताउनु भयो ।
इलाका प्रहरी कार्यालय बाँसगढीले पिडित महिलाको ससुरा भर्थरी थारूलाई थुनामा राखेर  सार्वजनिक मुद्दा चलाएको जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.