
कविता
१
पुरुष

मेरा हात काँपे पनि
म देखाउन सक्दिँन
मेरो आँखा आँसुको आहाल बने पनि
म बगाउन सक्दिँन,
म कठोर पुरुष हुँ
म रुन सक्दिन
म मर्द हुँ
म सुक् सुकाउन सक्दिन,
म आत्तिए पनि
म भक्कानिए पनि
म त कठोर केटा हुँ
म सबै सामु आँसु झार्न सक्दिन
म पुरुष हुँ ।
२
अमोहा
श्रीखण्ड बालेको आगोमा
धुनी जगाई बनेको खरानीलाई
कमलको पातमा अडिएको पानीले मुछेर
बनेके एउटा आकृतीलाई
पारिजातको सुगन्ध छरेर
मैले त्यसमा माया मिसाए
अनि जीवनको रचना भयो ।
त्यो अदभुत जीवनले
बिस्तारै आँखा खोलेर मलाई हेर्यो
म स्वर्गिय आनन्दको समुन्द्रमा डुबे
मोहको गहिराईमा डुबेको मलाई
त्यही जीवनले किनारसम्म ल्याई
मैले सोधे ए मोहकी देवी तिमी को हौ ?
उसले भनी
अमोहा
३
हत्या नगर साथी
सजिलो छैन
तर पनि हिड्नु छ
उज्यालोको खोजीमा
अन्धकारसित जुध्नु छ
केवल यी पलहरु
अली अप्ठरा छन्
समय बदलिँने छ
धैर्य गर साथी हो
यो पल बितै पछि
समय तिम्रो हुनेछ
दुःखका रातपछि
भोेली तिम्रो हुनेछ
यो आत्मालाई
हत्या नगर साथी
तिम्रो प्रियजनहरु
तिम्रो प्रतिक्षामा छन्
केही समय प्रतिक्षा गर
दैलो आफैँ खुल्ने छ
तिम्रो मनलाई प्रेम गर्नेहरु
तिम्रो बाटो हेर्दै छन् ।


