bardiyahospital

म माथिकाे आकाश र म

Geruwa GIF

 म माथिकाे आकाश र म

-राम रसिक

cld

तुफानी वेगले फैलिएको जहरीला आवाजहरु,
क्षेत्र विक्षत धरतीका पिडा अशेष आर्तनाद ।
सन्नाटा चिर्दै फुकिएका कलंकित बिगुल–
म मााथीको आकाश निस्तब्ध हुदै हेरीहेरी मौन छु ।।१।।

रक्रिम धर्तीका जर्जरताभित्र अमृत फलाउने प्राकृतिक
उन्माद फिरन्तेको पिपासु दृष्टिभित्र,
भिष्मको प्रतिज्ञा एकलव्यका हठहरु लुप्त हुदैँ
म माथीको आकाश निस्तव्ध हुदै हेरीहेरी मौन छु ।।२।।

नर सागरको भोको भेललाई ‘गब्बरे’ शैलीमा नचाउँदै
उछिष्ट कलो दिएर आफू ताज, सिंहासनमा रमाउने चटकेहरु ।
उन्मुक्ति दिने अति रंजित स्वप्नबाट विवश वाध्ययायीहरु
म माथीको आकाश निस्तव्ध हुर्दै हेरीहेरी मौन छु ।।३।।

ताण्डवका हरेक चालहरुमा नाचिदिनु पर्ने विछिप्त मन
तथाकथित कालजयीहरुको बन्धक हरेक मनहरुलाई
थिलोथिलो पारिएको यो लहड सपथ जीवनहरु
म माथीको आकाश निस्तव्ध हुदै हेरीहेरी मौन छु ।।४।।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.