

बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणबाट एक जना बालकको मृत्यु भएको भएको छ । बारबर्दिया नगरपालिका–४, बैरिया गाउँका १२ वर्षीय सुमित थारुको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

शनिवार दिउँसो बबई नदीमा नुहाउन गएका बेला स्थानीय जिरा सामुदायिक वनमा बाघको आक्रमणमा परी बालक घाइते भएका थिए । घाइते बालकलाई उपचारको लागि आर.सी. थारु मेमोरियल अस्पताल जयनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
बालकको शबको पोष्टमार्र्टम पछि आफन्तलाई जिम्मा दिने तयारी भएको उहाले बताउनुभयो ।