Division forest_Ads
Barista_Training

उदाउँदो सूर्य

Geruwa GIF

कविता

खगेश्वर गौतम

 

मर्निङ सोेज द डे
दिनको प्रारम्भ उज्यालो सूर्यबाट
चम्किलो सूर्यको ज्योति
प्रकाशमा रमाउँदै ताराहरू
नयाँ जीवनको नवीन प्रारम्भ !

छयाङ्ङ उज्यालो भैसक्दा
चराहरुको नयाँ उमङ्ग
उत्साह र जोस
चिरिबिरी चिरिबिरी
च्याँ च्याँ चू चू ।

उठ् , जाग नानी हो
समाउनु छ जीवनको बाटो
पकड्नुछ गोरटो
लक्ष्य निर्देशित
महासागरको यात्रा
प्रारम्भको आभाष !

Basgadhi PSA_final

समय रहेछ बलवान
तीता पीरा अनुभव
टर्रो पीरो अमिलोेको स्वादमा
चिनीको के अस्तित्व ?
गुलियो आफै तितो हुन्छ
स्वादबिहिन अवस्थामा पुग्दा
बक्ररेखालाई प्राप्तिको आनन्द
सूर्यको प्रकाशमा भेटिने छ ।

हिँड्नु छ लामो बाटो
पहिलो पाइला पछ्याउँदै
लाखौ पाइलाहरू
बेनामी पदचिन्हहरुको
शृंखला विपरित
देवदूतको डायरीमा पहिलो नाम ।

आफैले आफैलाई माया गर्ने
उनको रोजाइमा
आत्मनिर्भर अनि स्वाभिमानी
आफैलाई चिन्न सक्ने
ईश्वरको प्रियपात्र तिमी
पूर्णिमाको चम्किलो जुनको टह टह
कहाँ कहिले कसले देख्छ
कालो दाग ?

सूर्यको प्रकाशमा खोट खोज्नेले
आँखाको ज्योति नै गुमाउँछ
फेरि ! यहाँ कसलाई फुर्सद
रोकिएर हेर्न ?

ढुङ्गाको कापमा अल्झिने बीउ
झाङ्गिन नपाई
निस्तेज हुन्छ
झाङ्गिन त काप छिचोल्नु पर्छ
साहसीहरू मात्र भेलमा बग्छन्
निसास्सिएर सास फेर्न बिर्सनेहरु
जीवन अस्तित्वहीनताको भुमरीमा बिलाउँछन् ।

हो ! यसै भन्छ उदाउँदो सूर्यले !
यहीँ सूर्यको उज्यालो प्रकाशमा चालीसौं वर्ष प्रवेशमा
स्रष्टा झमक !
तिमीलाई हार्दिक शुभकामना !
तिमी अघि
हामी पछि
नेतृत्वको अग्रभागमा तिमी
विशाल वृक्षको शीतल छहारीमा
डायरी लेखन प्रारम्भ
यहीँबाट हुन्छ !

चम्किलो सूर्यको प्रकाशमा
नेपाली साहित्यको
नयाँ आयाम
रंगीन बनाउनु छ
सप्तरङ्गी इन्द्रेणीमा
छम छम नाच्दै
चालीसौँ वर्ष प्रवेशमा
स्रष्टा झमक !
तिमीलाई न्यानो अभिवादन !

Leave A Reply

Your email address will not be published.