Division forest_Ads
Edu_Barabardiya

मानव अधिकार एलायन्स बर्दियाको अध्यक्षमा पाठक

Bidhut Notice
Geruwa GIF

 दलबहादुर सुनार , गुलरिया  । मानव अधिकार एलायन्स बर्दियाको भेलाले कृष्ण पाठकको अध्यक्षमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । मानव अधिकार तथा सामाजिक न्याय मञ्च एलायन्स ) बर्दियाका अध्यक्ष केशब जि.सी.को अध्यक्षतामा बसेको भेलाले पाठकको अध्यक्षतामा २ जना सदस्य पछि मनोनित गर्ने गरी ११ सदस्य रहेको नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

Basgadhi PSA_final

नेकपा एमाले बर्दियाका सचिवालय सदस्य विष्णु प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा शुक्रवार सम्पन्न भएको भेलाले उपाध्यक्षमा बिन्दु री जि.सी. सचिjमा केशब बस्नेत , कोषाध्यक्षमा मिना चौधरी लाई चयन गरेको छ । यसै गरी समितिको सदस्यमा सरू बोहोरा , चिन्तामणि कडेल , शुवादेबी अधिकारी , गिता लम्साल र बिवा बि.क. सर्वसम्मत चयन भएका हुन ।

मानव अधिकार एलायन्स लुम्बिनी प्रदेशको यही मिति २०८० माघ ६ गते बुटवलमा हुने प्रदेश भेलामा सहभागि हुन नब निर्वाचित अध्यक्ष कृष्ण पाठक , निवर्तमान अध्यक्ष केशव जि.सी. र कोषाध्यक्ष मिना चौधरी लाई प्रतिनिधिको रुपमा पठाउने निर्णय समेत गरेको समितिले जनाएको छ । नारायण लम्सालले स्वागत र दल बहादुर सुनारले सञ्चालन गरेको भेलामा प्रगतिशील कानुन व्यवसायी संघ बर्दियाका अध्यक्ष सोम प्रसाद शर्मा , बर्दिया अपांग पुनर्स्थापना केन्द्रका अध्यक्ष नेत्र प्रसाद सापकोटा बिभिन्न मानव अधिकार एलायन्समा आवद्ध संघ संस्थाका प्रतिनिधि लगाएतको सहभागिता रहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.