Division forest_Ads
Barista_Training

हेल्थ अवार्डबाट बर्दिया अस्पताल सम्मानित 

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया । ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८०’ बाट बर्दिया अस्पताल गुलरिया सम्मानित गरिएको छ । स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै अस्पताललाई पुष २८ गते सो अवार्डबाट सम्मान गरिएको हो ।

Basgadhi PSA_final

न्यूनतम मापदण्ड सेवामा देशभर रहेका ५० शय्या क्षमता भएको अस्पतालमा मध्ये बर्दिया अस्पताल लुम्बिनीमा पहिलो र देशभरमा दोस्रो भएको थियो । 

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिको आठौं वार्षिकोत्सवको अवसरमा बर्दिया अस्पताल गुलरियालाई ‘राष्ट्रिय राष्ट्रिय हेल्थ अवाई २०८० ले सम्मानित गरिएको नेटर्वक प्रालि का अध्यक्ष सन्दीपकुमार श्रेष्ठले बताउनु भयो । उहाँले स्वास्थ्य सेवाका क्षेत्रमा जिम्मेवार तवरले संस्थाको उद्देश्य अनुसार उत्कृष्ट कार्य गरी स्वास्थ्यमा पुर्याएको योगदानको कदर गर्दै अवार्डले सम्मान गरिएको बताउनु भयो ।

बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुभाष पाण्डेले यो अवार्डबाट सम्मानित हुनुमा अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र व्यवस्थापन समिति र सरोकारवाला निकायको महत्वपूर्ण सहयोग भएकोले अस्पतालले अवार्डले सम्मानित भएको बताउनु । उहाँले आफूले अस्पतालको विकास र सेवा प्रवाह कुनै कमी हुन नदिने गरी काम गर्ने बताउनु भयो । 


स्वास्थ्य दर्पण खबर पत्रिकाले स्वास्थ्य क्षेत्रको बारे खोजमूलक र सन्देश समाचार लेख प्रकाशन गर्दै आएको छ ।  यो पत्रिका त्रैमासिक मासिक प्रकाशन हुँदै आएको छ । त्यसको साथै स्वास्थ्य क्षेत्रका महत्वपूर्ण योगदान दिने चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकारलाई नेटवर्क प्रालिले सम्मान गर्दै खाएको छ ।

Leave A Reply

Your email address will not be published.